नारी मुक्ति आन्दोलनकी पुरोधा
अक्का महादेवी

 




                                  डॉ.गोमा

                                     सातगाउँ, गुवाहाटी

      नारी मुक्ति आन्दोलन का शोधकर्ताहरूले यसको थालनीको श्रेय पश्चिमी
जगतलाई दिएको देखिन्छ। पुरुष प्रधान सामाजिक व्यस्थाप्रति विद्रोहको टडकारो स्वर
भारतभूमिबाट पनि न उठेको होइन। यस विषयमा शोधखोज कम भएको, गर्न नखोजिएको र पश्चिमलाई
गुरु मान्ने मानसिकताले हो, हामिले हाम्रा मनीषिहरूलाई उचित सम्मान न दिएको झैं
लाग्छ। पूर्वेली सामाजिक व्वयस्था छक्क पर्दो छ। एकातिर हाम्रो वैदिक धर्म र
परम्पराले यत्र नार्यस्तु पूज्यते रमन्ते तत्र देवता भन्दै समाजमा नारीको
वन्दनीय स्वरूपलाई दर्शाउन खोज्छ भने अर्कातिर त्यहि समाजले नारीलाई पुरुषभन्दा कम
महत्वपूर्ण मान्दै उसलाई पूर्ण मानवीको दर्जा दिन युगौंदेखि हिच्किचाएको देखिन्छ।

      वर्तमान युगमा शिक्षाको उज्यालो फैलिएतापनि समाजमा नारी पूर्ण
रूपमा सुरक्षित कतै पनि छैनन्। कतै आफ्नै स्वजन बन्धुबाट पीडित छन् भने कतै पर
पुरुषबाट पीडित छन्। नारीले शिक्षाको चुली छोएता पनि पितृसत्तात्मक सोच जहाँ थियो त्यहिँ
छ। विकासका लागि सोचमा सन्तुलन हुन अनिवार्य छ। सोचमा सन्तुलन नहुँदा नै समाजमा
नारी प्रताडनाका जघन्य घटनाहरू घटेको देखिरहेका छौं। अस्सी प्रतिशत पुरुष वर्ग घर-बाहिर जतिनै
नारी स्वतन्त्रताको पक्षधर भएता पनि घरभित्र उहि एकांतन्त्री शासकको भूमिकामा उत्रिएको
देखिन्छ, यो कटुसत्य हो। पुरुष समाजले आज पनि आफ्नी पत्नी, दिदी, बहिनीलाई स्वतन्त्ररूपमा
हिँड़ेको पचाउन सक्दैन। प्रायजसो पुरुषले स्वतन्त्रतालाई स्वच्छन्दताको रुपमा बुझेको पाइन्छ। समाजले छोरीलाई घर बाहिर नजाने, जताततै एक्लै नहिँडने
शिक्षा दिन्छ तर छोरालाई अर्काकी छोरीको सम्मान गर्नुपर्छ भन्ने कुरा सिकाउँदैन। आज
पनि नारी यस्ता एकांगी सोच भएका पुरुषहरूका जघन्य कृत्यको शिकार भइरहेका छन्।

      समान अधिकारको माग गर्दै यस क्षेत्रमा समय समयमा नारी स्वयं न
उत्रिएका होइनन्। पितृसत्तात्मक व्यवस्थाप्रति विद्रोहमा ओर्लिएका प्राचीन भारतीय नारीहरूमा मीराबाई, अन्दाल र अक्का महादेवीलाई आजको नारी समाजले अध्ययन गर्नै पर्छ।
यस लेखमा हाम्रो समाजबाट छुट्टै भारतको कर्नाटक राज्यमा जन्मलिएकी शैव भक्तिन अक्का
महादेवीको परिचय दिने प्रयास गरिएको छ जसले पुरुष सत्तात्मक व्यवस्थाप्रति विद्रोह गर्दै
भक्तिको मार्ग अँगालेकी थिइन्।

      अक्का महादेवीको
जन्म
शिवमोग्गा जिल्ला,  कर्नाटकको उडुतडी गाँउमा 12 औं शताब्दीमा भएको थियो। सानै देखि उनि धेरै गम्भीर,
तार्किक, शीलवती र ईश्वर भक्तिमा असीम आस्था राख्ने र भगवान शिवलाई आफ्नो आराध्य
मान्दै उनकै भक्तिमा डुब्ने गर्दथिन्।
सात वर्षको उमेरमा उनले शैव भक्ति
सम्प्रदाय
मा दीक्षा लिइन्। 16 वर्षकी शोडषी अक्का महादेवी असीम सौन्दर्यक धनी थिइन्। उनको उमेरका अन्य केटीहरू आफ्नो सम्भावित दुलहको सपना
देख्
न लागे। यस अवस्थामा उनले शिवलाई नै आफ्नो पतिको रूपमा
आराधना गर्न लागिन्। शिवलाई उनले चन्नमल्लिकार्जुन (जूहीको फूल जस्तो कोमल र
सुवासले भरिएको) को नामले आराधना गर्दै उनैसँग आफ्नो विवाह गर्ने आफ्नो अटल निर्णय
आफ्ना माता-पितालाई सुनाइऩ्।

        बाल भक्तिन अक्का महादेवीको असीम
सौंन्दर्यमा कर्नाटक प्रान्तका
राजा कौशिकाको नजर पऱ्यो। उनले उनका माता-पितासँग विवाह गर्ने प्रस्ताव राखे।
राज शासनको कठोर आज्ञाअघि उनका माता-पिताले झुक्नु पऱ्यो। उनि राजासँग
विवाह गर्न बाध्य भइन्। विवाहअघि राजाले उनको भक्तिमा बाधा न दिने र उनको
स्वतन्त्रतामा बाधा न बनने वाचा गरे। विवाहपछि विस्तारै-विस्तारै राजाले आफूले
दिएका वचनहरू तोडदै गए। त्यतिमैत्रै नभएर उनीमाथि पति भएका नाताले पुरुष अधिकार
जमाउन खोजे। उनले राजा
लाई आफ्नो अडान सुनाउँदै भनिन् – म शिवकी
भैसकेकी छु। तपाईँले मलाई विवाह गर्न बाध्य गर्नु भयो तर म तपाईंलाई आफ्नो पतिको
रूपमा कहिल्यै पनि स्वीकार गर्न सक्तिन।
मेरा पति
त साक्षात शिव हुन्।

        शिवप्रति आफ्नो अनन्य प्रेम भाव प्रकट
गर्दै उनी भन्छिन् –

दिनमा चारै प्रहर
म तिम्रो शोकमा डुबी रहन्छु
चार पहर रातमा
तिम्रैनिम्ति बौलाई दिन्छु

दिन-रात तिमिलाई नै सोच्छु

भएँ रोगी सरी एकोहोरी

ओ मल्लिकार्जुन!
जबदेखि तिम्रो प्रेम

जन्मियो मेरो हृदयमा।

बिर्सिएँ मैले

निन्द्रा, भोक प्यास।

(अक्का महादेवी और उनकी कविताएँ: गगन गिल, समालोचन, वेब पत्रिका, सेप्टेम्बर,
2021, 
नेपाली अनुवाद -लेखिका)

        मानव स्वतन्त्रताकी पक्षधर अक्का महादेवी समाजले
नारी शरीरको दैहिक सौन्दर्यलाई मात्रै  महत्व दिएको र नारीमाथि एकाङ्गी अधिकार जमाउने
पुरुषसत्तात्मक वृत्तिको घोर विरोधमा उभिइन्।  आफ्ना पतिको व्यवहार देखेर उनलाई घोर घृणा लागेर
आयो। यसै समय उनले सांसारिक विषय वासना र पुरुषसत्ताप्रतिको विरोध गर्दै
आफूले लगाएका सबै राजसी लुगा समेत सबै गरगहना त्यागे राजदरबार
छोडिन्।
सर्वाङ्ग नग्न रूपमा जय चन्नमल्लिकार्जुन भन्ने नारा
लगाउँदै उनी एक्लै निस्किन्

        ईश्वरले मानवलाई यस धरतीमा नाङ्गै
जन्माएको हो र नग्नतानै जीवनको यथार्थ हो भन्ने कुरालाई प्रष्ट पार्दै उनी
लेख्छिन् –

लजाउँछन् मानिस
पुरुष हो या स्त्री
खुस्किए यदि
लाज छोपेको लुगा।

यदि व्याप्त भए जीव
जगतमा

मुखविहिन प्रभु
कोबाट लजाउँछौ तिमी?

समस्त जगत जब
आँखा हुन् प्रभुका
देख्छन् कण-कण जगतका
के लुकाउँछौ, के छोप्छौ?

(गगन गिल, समालोचन, वेब पत्रिका, सेप्टेम्बर, 2021, नेपाली अनुवाद -लेखिका)

        अक्का महादेवीले ईश्वर बाहेक पर पुरुषको
व्याख्या आफ्ना वचनमा यसरी गरेकी छिन्। विवाह गर्ने प्रसंगमा आमालाई जवाफ दिँदै
भन्छिन् –

आमा

अन्य पुरुष

कोमल पत्तामा लुकेको काँडा हो

म उसलाई छुन सक्दिन
न जान सक्छु उसको छेउ

न गर्न सक्छु भरोसा
न भन्न सक्छु मनको कुरा

आमा,
सबैको मुटुमा भाला छ
म कसैलाई अंगालो मार्न सक्दिन
सिवाय मल्लिकार्जुनलाई।

 

(अक्का महादेवी और उनकी कविताएँ: गगन गिल, समालोचन, वेब पत्रिका, सेप्टेम्बर,
2021)

        त्यसपछि उनी शिवका भक्तहरूको आश्रयस्थल कल्याण नामक स्थानमा गइन् र वीर शैवनामक भक्त मण्डलीमा सामेल भइन्। त्यहाँ भक्ति, दर्शन र समाज सुधार लगायतका विभिन्न विषयमा खुला बहस गर्ने मञ्च अनुभव मण्डप मा महादेवीले निर्भय भएर आफ्नो उपस्थिति दिन लागिन्। उनी त्यहाँ दिनहुँ हुने विचार-मन्थन सभामा सन्त-महन्तहरूसँग आफ्ना गहकिला विचारले सबैलाई मन्त्रमुग्ध पार्न लागिन्। उनका तात्विक, सामाजिक, लैंगिक, धार्मिक र दार्शनिक वक्तव्यले सबैको मन छोयो। एउटी भक्तिन, दार्शनिक र समाज सुधारकको रूपमा उनी प्रसिद्ध भइन्। समाजले उनलाई सम्मान स्वरूप 'अक्का' उपाधि दियो जसको अर्थ हो वयोज्येष्ठ वा 'दिदी' अक्का महादेवी तत्कालीन शैव सन्त बसवन्ना, चेन्ना बसवन्ना, प्रभुदेवा र मादिवलय्यको सत्संगमा रहिन्। यसको प्रभावले उनको भक्ति अझ परिपक्व हुँदै गयो। उनले  सगुण भक्तिको प्रचार गरेको देखिन्छ। 
        राजमहल छाड़ेपछि अक्का महादेवीले आफ्नो शेष जीवन एक साध्वीका रूपमा मन्दिर र गुफामा बिताउँदै शिव भक्तिमा लीन भइन्। उनले सम्पूर्ण जगतलाईनै शिवमय देखिन्। उनले कण-कणमा परमलाई देखिन्। हरेक रुखमा कल्पवृक्ष हरेक झारपातमा सञ्जीवनी, प्रत्येक स्थानमा तीर्थ, प्रत्येक जलमा अमृत थियो र प्रत्येक ढुङ्गामा चिन्तामणि देखिन्। स्वयंलाई चिनेपछि उनले आफ्नो हरेक सासमा, शरीरका प्रत्येक अंगमा पनि परमको सुगन्ध अनुभव गरिन् र यही सन्देश जगतलाई दिइन्। उनले साधनाको मार्गमा कठोर भन्दा कठोर परीक्षाको माग गरीन्। उनी आफुलाई र आफ्नो सहनशीलतालाई चिन्न चाहन्थिन्। यसरी शिवसँग आफ्नो परीक्षाको माग गर्दै उनी भन्छिन् -

प्रभु!

मलाई भिखारी बनाइ देउ
हाथ फैलाउँ म
भीख माग्न

कुनै हात अघि न आओस्

भीक्षा दिन।

कसैले दिएमा

खसोस् त्यो धरतीमा

त्यसलाई उठाउन

निहुरिउँ म

कुनै कुकुर आओस्

झम्टेर मेरो हातबाट

खोसि लगोस्

हे मल्लिकार्जुन!

(अक्का महादेवी और उनकी कविताएँ: गगन गिल, समालोचन, वेब पत्रिका, सेप्टेम्बर,
2021, 
नेपाली अनुवाद -लेखिका)

        अक्का महादेवीका आध्यात्मिक, सामाजिक, व्यवहारिक र दार्शनिक 300 भन्दा बढि वचनहरू (संदेशमूलक कविताहरू) छन्। यी जम्मै बोलचालको कन्नड भाषामा लेखिएका छन्। उनका वचनहरूमा अर्थको गम्भीरता र गेयता देख्न पाइन्छ जसलाई आज विद्यालय एवं विश्वविद्यालयको पाठ्यक्रममा पढाइन्छ। 
        अक्का महादेवीको जीवन साहस, आत्मविश्वास र एकनिष्ठ साधनाको शक्तिको साक्षी थियो। उनले शिव साधनाका निम्ति राजमहलको सुख त्यागिन्नारीलाई पर्दा प्रथामा राख्ने सामाजलाई चुनौति दिँदै प्रत्येक मनिसलाई आत्मान्वेषण गर्ने र ईश्वरत्वमा पुग्ने अधिकार छ भन्ने कुराप्रति अडिग रहिन्। उनी एक क्रान्तिकारी, समाज सुधारक, एक वक्ता, महान भक्त र एक महान कवयित्री थिइन्। उनलाई कन्नड की मीरा भनेर पनि चिनिन्छ। उनी सन् 1160 मा श्री शैलममा भगवान शिवको मूर्तिमा एकाकार भइन भन्ने मान्यता छ। यसरी अक्का महादेवीले तत्कालीन सामाजिक रुढिप्रति विद्रोह गर्दै नारीका निम्ति भक्तिमार्ग खोलिदिएको दिएको देखिन्छ। नारी अधिकारका लागि उनले देखाएको साहस युगौं-युगसम्म समाजले याद राख्ने छ।  
 
सन्दर्भ श्रोत

1. अक्का महादेवी और उनकी कविताएँ: गगन गिल, समालोचन, 2020

2. आरोह भाग 1, सीबीएसई
बोर्ड

3. An Epitome of Feminism – Akka
Mahadevi
Raggi Mudde, Karnataaka.com,    23rd  September, 2011

4. Akka Mahadevi: Shiva in
her soul – The Hindu, B Ramadevi, May 2016

5. https://www.britannica.com/topic/feminism

6. https://www webdunia.com

 

 

——————————————————————————————————————————————

Author

  • डॉ.गोमा देवी शर्मा (अधिकारी)

    डॉ.गोमा देवी शर्मा (अधिकारी) गुवाहाटी, असम की निवासी हैं और पेशे से एक शिक्षिका हैं। इन्होंने हिंदी विषय में स्नातक, स्नात्कोत्तर, बीएड एवं पीएचडी मणिपुर विश्वविद्यालय से और नेपाली में गुवाहाटी विश्वविद्यालय के आइडोल केंद्र से की है। ये मूल रूप से नेपाली, हिंदी और अंग्रेजी में लिखती हैं। ये पूर्वोत्तर भारत की एक हिंदी सेवी हैं। ये भारतीय नेपाली साहित्य की अध्येता हैं। इनकी हिंदी तथा नेपाली में कई पुस्तकें प्रकाशित हैं

2 thoughts on “”

Leave a Comment

error: Content is protected !!