भारतीय नेपाली साहित्यको संक्षिप्त इतिहास

                                                                भारतीय नेपाली साहित्यको संक्षिप्त इतिहास

    डा. गोमा देवी शर्मा

मणिपुर

नेपाली भाषाको उद्भव र विकास

                नेपाली भाषाको उद्भव इसाको दसौं
शताब्दि मानिन्छ र यसको प्राचीनतम नमूना विक्रम सम्वत
१०३८ तदनुसार सन् ९८१ मा उत्कीर्ण पश्चिम नेपाल स्थित दुल्लुका राजा दामुपालको शिलालेखमा
प्राप्त छ। पुस्तकाकार रूपमा यस भाषामा लिखित यथाप्राप्त ग्रन्थ भास्वती हो जो सन्
१४०० मा लेखिएको हो भन्ने भाषाविदहरूको
भनाई छ। आजसम्मको यात्रावधिमा नेपाली भाषाले थुप्रै नामहरू प्राप्त गरिसकेको छ। खस
भाषा
, सिन्जाली भाषा, गोर्खा भाषा, पर्वते भाषा
जस्ता विभिन्न नामहरू ग्रहण गर्दै आधुनिक कालमा आएर यसले नेपाली नाम प्राप्त
गर्यो। नेपाल देशको राजभाषाको रूपमा प्रतिष्ठित नेपाली भाषा नेपाल बाहिर फैलिने
थुप्रै कारणहरू छन्। आज विश्वका प्रायजसो सबै देशहरूमा नेपाली भाषा बोलिन्छ।

नेपाली साहित्य

                इसाको दसौं शताब्दिमा प्राप्त राजा
दामुपालको शिलालेखमा प्राप्त भएको नेपाली भाषिक नमूना सन्
१४०० मा लिपिबद्ध भएर पुस्तकको आकारमा परिणत भएपछि लिपिबद्ध नेपाली
साहित्य आफ्नै गतिले अगि बढेको देखिन्छ। स्वस्थानी व्रतकथा
, रामशाहको
जीवनी
, राजा गगनीराजको यात्रा, ज्वरोत्पत्ति
चिकित्सा
आदि ग्रन्थहरूबाट थालनी भएर समयसँगसँगै
विभिन्न प्रवृत्ति र विधाहरू ग्रहण गर्दै अगि बढ़ेको नेपाली साहित्य आज विश्व
साहित्यमा आफ्नो स्थान दखल कायम गर्न सक्षम भएको छ। इन्दिरस
, भानुभक्त
आचार्य
, बालकृष्ण सम, लक्ष्मीप्रसाद
देवकोटा
, विश्वेश्वर कोईराला, भवानी भिक्षु, रमेश विकल,
पारिजात,
वाणिरा
गिरि
, अगम सिंह गिरी, पुष्पलाल उपाध्याय, जस योंजन
प्यासी
, इन्द्रबहादुर राई, झमक घिमिरे, कृष्ण धरावासी
जस्ता रचनाकार नेपाली मात्रै न भएर विश्वसाहित्यका अमूल्य निधि हुन्।
यस लेखमा उल्लेख गरिए अनुसार, तपाईं स्मार्टफोन र शीर्ष ब्रान्डहरूमा उपलब्ध डीलहरूको चयन ब्राउज गर्न सक्नुहुन्छ र अन्वेषण गर्न सक्नुहुन्छ। cell phone सेवा योजनाहरू जुन तपाइँको आवश्यकता अनुसार सबै भन्दा राम्रो छ।

भारतमा नेपाली भाषाको आगमन

                भारतमा नेपाली भाषाको आगमन कहिले भयो
भन्ने प्रश्न उठनु स्वाभाविक हो। यसको ठोस प्रमाणको रूपमा हामि सन्
१८१५ मा अङ्ग्रेज
शासित भारत र नेपाल बीचमा युद्धोपरान्त हस्ताक्षर गरिएको सुगौली सन्धिलाई पाउँछौं।
यस सन्धिमा नेपालले आफ्नो विशाल भूभाग ब्रिटिश शासित भारतलाई सुम्पिनु पर्यो
Text of Treaty of Sogouli, 2nd
Dec,1815
foreign affairs  report अनुसार नेपालले
तलका भूभागहरू भारतलाई सुम्पिनु पर्यो-

                 क.   
काली र राप्ती नदीको बीचमा स्थित तराई भू-भाग
,

                 ख.    राप्ती
र गण्डकी नदीको बीचमा स्थित तराई भू-भाग
,

                 ग.    गण्डकी र कोशी नदीको बीचमा स्थित मैदानी इलाका,

                 घ.    मेची
र तिस्टा नदीको बीचमा पर्ने सम्पूर्ण तराई क्षेत्र
,

                 ङ.    मेची
नदीको पूर्वमा स्थित किला समेतको सम्पूर्ण पहाड़ी क्षेत्र
,

                               
नगरकोटको मोरङ् पहाड़ी तिर जाने दर्रा र नाग्रीको बीचमा पर्ने भूमि

                                साथै दर्रा र
नाग्रीको बीचमा स्थित सम्पूर्ण भूखण्ड)।

वर्तमानमा यी स्थानहरू हुन् शिमला,  मसूरी,  नैनीताल, अल्मोड़ा,
 रानीखेत,  देहरादून, सिक्किम,
दार्जिलिङ्,
जलपाईगुड़ी,
कूच
बिहारको केही भाग र उत्तर प्रदेशको चम्बा जिल्ला। (महानन्द पौड्याल
, विचरण
आफ्नै क्षितिज भित्र
, पृ.८३)

                यसरी यस विशाल भूखण्डमा बस्ने नेपाली
जनता माटोसँगै भारतको हिस्सा बन्न पुगे। यस बाहेक गोर्खा फौज
, आजाद
हिन्द फौज
, सिक्ख फौज, धार्मिक कारण,
राजघरानहरूको
बीचमा भएका वैवाहिक सम्बन्ध आदिले पनि नेपाली जनता भारतका बासिन्दा बन्न पुगेका
कारणहरू हुन्। सन्
१९५० को
भारत-नेपाल मैत्री सन्धिले पनि भारत र नेपालमा बस्ने जनताहरूलाई आवागमन गर्ने
खुल्ला सिमाना प्रदान गरेकाले नेपाली भाषी जनतालाई भारतमा आवागमन गर्न सजिलो
बनायो।

भारतमा नेपाली साहित्य

भारतीय नेपाली साहित्यको अध्ययन तल दिएका कालखण्डको
आधारमा गर्न सकिन्छ-

1.            प्रारम्भिक
काल       (सन्
१७४४ देखि १८१४ सम्म)

2.            भक्ति
काल           (सन्
१८१५ देखि १८८६ सम्म)  

3.            मोतीराम
युग          (सन्
१८८७ बाट १९१७ सम्म)

4.            आधुनिक
काल         (सन्
१९१८ बाट वर्तमान सम्म)

आधुनिक कालखण्ड लामो भएको हुनाले यसलाई तल
लेखिएका चारवटा कालखण्डहरूमा विभाजन गर्न सकिन्छ-

                                                                क.  नवजागरण
काल    – (सन्
१९१८ बाट १९४६
सम्म)                

                                                                ख.  स्वच्छन्दतावादी
युग – (सन्
१९४७
देखि
१९६० सम्म)

                                                                ग.  प्रयोग काल        
(सन्
१९६१
देखि
१९७५ सम्म)

                                                                ग.  नवलेखन
काल –    (सन्
१९७६ देखि वर्तमानसम्म)

 

 1.प्रारम्भिक
काल (सन्
१७४४
देखि
१८१४
सम्म)

                अनुसन्धानमा प्राप्त भएको तथ्य अनुसार
भारतीय नेपाली साहित्यको शुरूवात सन्
१७४४ मा
रघुनाथ भाटको पद्य रचनाबाट भएको थाह लाग्छ। प्रारम्भिककालीन भारतीय नेपाली साहित्य
स्पष्ट रूपमा नेपालको राजनैतिक घटनाहरूबाट प्रभावित थियो। नेपालको राजनीतिमा यो
युद्धको समय थियो
, यसैले यस कालका
रचनाहरूमा वीररसको प्रधानता पाइन्छ। यस कालमा केवल मुक्तक रचनाहरू नै लेखिए।
रघुनाथ भाट
, गुमानी पन्त र मौलाराम तोमर यस कालका प्रमुख
रचनाकार हुन्। यी रचनाकारहरूले भारतीय नेपाली साहित्यको जग बसाल्नमा ठूलो भूमिका
खेलेका छन्।

                यस कालमा लेखिएको साहित्यमा युद्धको
सजीव वर्णन
, आश्रयदाताहरूको शौर्यगान, शासकीय
नीतिको चित्रण जस्ता प्रवृत्तिहरू पाइन्छन्। यस कालका साहित्यको सबै भन्दा ठूलो
उपलब्धि जन-जीवनको चित्रण हो। सबै भारतीय भाषामा रचित प्रारम्भिक साहित्यमा
जनजीवनको उपेक्षा गरिएको पाइन्छ। भारतीय नेपाली साहित्य यसको अपवाद स्वरूप देखा परेको
छ। गुमानी पन्तका रचनाहरूमा युद्धपीड़ित जनजीवनको राम्रो चित्रण भएको छ।

                प्रारम्भिककालीन
नेपाली साहित्यको धरातल साँगुरो भए तापनि नेपाली साहित्यको विकासमा यसको विशेष
महत्व छ। यस कालको नेपाली भाषा भारतीय भाषाहरूबाट सङ्क्रमित भएको पाइन्छ।

2. भक्ति काल-(सन् १८१५ देखि १८८६ सम्म)

                सन् १८१५ मा आएर भारतीय नेपाली साहित्यमा भक्तिको सूत्रपात भएको देखिन्छ।
यसको केन्द्र बनारस थियो। यसमा अध्यात्ममुखि नेपाली संस्कृति
, सुगौली
सन्धिबाट उत्पन्न हताशा
, नेपालको हत्यापूर्ण राजनीति, भारतमा
चलेका विभिन्न भक्ति सम्प्रदायहरूको प्रभाव परेको देखिन्छ। यस कालमा आएर नेपाली
साहित्यको धरातल अलि फाँटिलो भयो। रामभक्ति धारा
, कृष्णभक्ति धारा र निर्गुणी जोसमनि सन्त काव्यधारा यसकालमा देखापरेका
प्रमुख भक्तिधाराहरू हुन्।

समग्र नेपाली साहित्य साथै भारतीय नेपाली साहित्यको विकासमा यसकालका
कविहरूको ठूलो योगदान रहेको छ।

रामभक्ति धारा

                नेपालीमा रामभक्ति साहित्यको थालनी
नेपालका कवि यदुनाथ पोखरेलले गरेका हुन् भन्ने विद्वानहरूको भनाई छ। तर सम्पूर्ण
नेपाली साहित्यमा रामभक्तिको व्यापक प्रचारप्रसार गर्न र नेपाली भाषाको विकासमा
ठूलो योगदान पुर्याएको हुनाले विश्व नेपाली साहित्य नै भानुभक्त आचार्यको ऋणि छ। आचार्य
भानुभक्त रचित सातकाण्ड रामायण र रघुनाथ कृत सुन्दर कान्ड यस कालका
प्रमुख राम काव्य हुन्। यी कविहरूले रामलाई विष्णुको अवतार र सीतालाई लक्ष्मीको
अवतारको रूपमा उपासना गरेका
छन्। दुबैले भूभार हर्नलाई यस पृथ्वीमा अवतार लिये भन्ने आस्था यस
कालका रामभक्त कविहरूको छ। समन्वय भावना
, लोककल्याणको कामना, उँच-नीच,

भेदभावको विरोध
, छन्दमा अभिव्यक्ति आदि रामभक्ति साहित्यका
विशेषताहरू हुन्।

कृष्णभक्ति धारा

                रामभक्ति साहित्यका साथै भारतीय नेपाली
साहित्यमा कृष्णभक्ति साहित्यको धारा पनि बगेको देखिन्छ।
श्रीकृष्णप्रति असीम आस्था राख्दै कृष्णभक्तिलाई अभिव्यक्तिको माध्यम
बनाउने समग्र नेपाली कविहरूमा इन्दिरसलाई डा.
दयाराम श्रेष्ठ र मोहनराज शर्माले जेठा कवि मानेका छन्। बसन्त शर्मा, वीरशाली पन्त, यदुनाथ पोख्रेल, हीनव्याकरणी विद्यापति, पतंजलि गजुरेल रामभक्तिधारालाई
अगि बढाउने अन्य कविहरू हुन्।
यसकालमा लेखिएका धार्मिक ग्रन्थ हुनाले
यी ग्रन्थहरूको व्यापकता भारतीय नेपाली जनमानसमा पनि उत्तिकै व्यापक रूपमा परेको
देखिन्छ। यदुनाथको कृष्णचरित्र
, विद्यापतिको गीतवाणी, सातराग जस्ता
काव्यकृतिहरू तत्कालीन नेपाली जनमानका आस्थाका केन्द्र बन्न पुगे। होमनाथ खतिवड़ा
कृत वृहद कृष्णचरित्र
, विद्यारण्य केशरी कृत् द्रौपदी
स्तुति
युगलगीत यस कालका प्रमुख कृष्णकाव्यहरू हुन्।

जोसमनि सन्तकाव्य धारा (निर्गुण भक्तिधारा)

                भारतीय नेपाली समाजमा व्याप्त धार्मिक
रूढ़िहरूको विरोधमा जोसमनी सन्तहरूको उदय भयो। भारतीय सन्त साहित्यको विकासमा सन्त
ज्ञानदिलदास र उनको रचना उदय लहरी
भजन संग्रहको विशेष योगदान
छ। रूढ़ि र अन्धविश्वासदेखि ग्रस्त समाजलाई उँच-नीच
, भेद-भावको
निरर्थकता समझाएर एकताको पाठ पढ़ाउनमा यी ग्रन्थहरूले विशेष भूमिका खेलेका छन्। जोसमनी
सन्तहरूले अन्धविश्वास
, रूढ़ि, जात-पातको भेद-भाव, धार्मिक
पाखण्ड आदिबाट समाजलाई बचाउनको लागि निर्गुण ईश्वर साधनाको प्रचार गरे।

                भक्तिकाल
कालको सबै भन्दा ठूलो उपलब्धी नेपाली भाषाको स्वरूपमा परिमार्जन गर्नु रहेको छ।
भानुभक्त आचार्य रचित सातकाण्ड रामायण र सन्त ज्ञानदिलदासका रचनाहरूले नेपाली
भाषाको प्रचार-प्रसार भारतको सुदूर क्षेत्रसम्म गरे। दुबै कविहरूले जनप्रचलित
नेपाली भाषालाई आफ्नो अभिव्यक्तिको माध्यम बनाये। रामायणको प्रसिद्धिले तबसम्म
विभिन्न भाषिक समुदायहरूमा विभाजित भाषीहरूले एउटा पुष्ट भाषा प्राप्त गरे। यसरी
भानुभक्त रामायणको नेपाली भाषा सम्पर्क र साहित्यिक भाषा बन्न पुग्यो।

 मोतीराम युग
-(सन्
१८८७
बाट
१९१७
सम्म)

                नेपालमा राणा शासनको निरंकुशताले धेरै
कवि लेखकहरूलाई देश छोडन बाध्य गरायो। नेपाललाई छोडेर उनिहरूले बनारसलाई आफ्नो
कर्मथलो बनाउन पुगे। मोतीराम भट्टको आगमनदेखि भारतीय नेपाली साहित्यमा एउटा नया
मोड़ देखा पर्यो। उनले सन्
१८८७ मा
बनारसबाट गोर्खा भारत जीवन नामक पत्रिकाको प्रकाशन गरेर नेपाली साहित्यलाई
मुद्रणको दुनियामा प्रवेश गराए। यस पछि बनारस
बाट प्रकाशित सुन्दरी, माधवी,
उपन्यास
तरङ्गिनी र दार्जिलिङबाट पाद्री गंगाप्रसादद्वारा सम्पादित गोर्खे खबर कागत
जस्ता पत्रिकाहरूले साहित्यको विकासमा ठूलो भूमिका निभाए। यस कालमा कुनै पनि एउटा
मुख्य रचना प्रवृत्तिको प्रधानता देखिंदैन। एकातिर शृङ्गारिक रचनाहरूको भरमार
पाइन्छ भने अर्को तिर पूर्वोत्तर भारतमा रचित सवाई
, लहरी
काव्यको वेगिलो धारा बगेको देखिन्छ। कतै लक्षण ग्रन्थहरूको निर्माण भएको छ भने कतै
परम्परागत भक्ति साहित्यको निर्माण पनि भएको देखिन्छ। कुनै एउटा रचना प्रवृत्तिको
प्रधानता नभएकोमा यस कालको नामकरण मोतीराम युगको रूपमा गरिएको छ।

                 मोतीराम युगका शृङ्गारप्रधान रचनाहरूमा मोतीराम
भट्टद्वारा रचित उषा चरित्र
, पीकदूत, सङ्गीत
चन्द्रोदय
, कृष्णप्रसाद रेग्मी कृत बाह्रमासे,
रम्भा शुक सम्वाद, पट्ठा-पट्ठीको प्रीति प्रबन्ध,
हरिहर
आचार्य कृत विदुला पुत्र सम्वाद
, शाकुन्तलोपाख्यान
आदि प्रमुख कृतिहरू। शिखरनाथ सुवेदी कृत रामाश्वमेध काण्ड
, गङ्गा
महात्म्यको सवाई
,
दुर्गा कवच, स्वस्थानी
व्रतकथा
,
चक्रपाणी चालिसेको रामायण,
सोमनाथ
सिग्द्याल कृत आदर्श राघव
, नरेन्द्र रिमालको भगवद्गीता,
महाभारत यस कालका प्रमुख भक्ति रचनाहरू हुन्।

                मोतीराम युगको एउटा प्रमुख उपलब्धीको
रूपमा हामि पूर्वोत्तर भारतमा लेखिएका सवाईकाव्यहरूलाई पाउँछौं। तुलाचन आले रचित मणिपुरको
लड़ाईको सवाई
, धनवीर भण्डारीको अब्बर पहाड़को सवाई,
भैंचालाको
सवाई
,
आत्माराम मगरको भैंचालाको सवाई, कृष्णबहादुर
उदासको आछामको सवाई आदि यस कालका प्रमुख सवाईकाव्यहरू हुन्। ब्रिटिश फौजसँग
पूर्वोत्तर भारतका स्थानीय राजाहरूको युद्ध
, प्राकृतिक
आपदाका र सामाजिक कुरीतिहरूको सजीव वर्णन यी कविहरूले गरेका छन्।

विविध विधाको सूत्रपात  

                मोतराम युगमा आएर भारतीय नेपाली
साहित्यमा गद्य-साहित्यको सूत्रपात भएको देखिन्छ। मोतीराम लिखित भानुभक्ताचार्यको
जीवन चरित्रदेखि
आलोचना साहित्य र जीवनी साहित्यको जन्म भयो। सदाशिव शर्मा
रचित उपन्यास महेन्द्रप्रभा
समग्र नेपाली साहित्यको प्रथम उपन्यास र पहलमान स्वाँर रचित अटल बहादुर
प्रथम आधुनिक भावबोध युक्त नाटकको रूपमा सामु आएको देखिन्छ। यो पश्चिमी शैलीमा
लिखित एउटा दुखान्त नाटक हो। यस कालमा जीवनी साहित्यको पनि जग बसेको देख्न पाइन्छ।
पद्मनाभ सापकोटा लिखित जीवन चरित्र यस दिशाको एउटा विशेष उपलब्धि हो। चिरंजीवि
शर्माद्वारा लिखित काशीको संक्षेप यात्रा यस कालमा रचित एउटा मात्र यात्रावृतान्त
हो। मौलिक लेखन प्रवृत्तिको विकास
, विभिन्न विधाहरूको सूत्रपात, तिलस्मी-ऐय्यारी
प्रवृत्ति
, पाश्चात्य साहित्यको प्रभाव आदि यस कालका गद्य
साहित्यका प्रवृत्तिहरू हुन्।

5.            आधुनिक
काल-(सन्
१८१८
बाट वर्तमानसम्म)

क. नवजागरण काल- (सन् १८१८ बाट १९४६ सम्म)

                बढ़दो
औद्योगिकरण र आधुनिक शिक्षाको प्रचार प्रसारले गर्दा मोतीराम युगमा भारतीय नेपाली
साहित्यमा आधुनिकताको स्पर्श देखिन थालेको थियो। नवजागरण कालमा आएर यसले पूर्ण
प्रतिष्ठा प्राप्त गर्यो। यस कालमा लामो अवधिसम्म सुप्तावस्थामा रहेको भारतीय
नेपाली जनताले आफ्नो अस्तित्वलाई चिने। यस कालका रचनाकारहरूले साहित्यको माध्यमबाट
नवजागरणको शङ्खघोष गरे। पारसमणि प्रधान
, धरणीधर शर्मा, सूर्यविक्रम
ज्ञवाली
, महानन्द सापकोटा आदि यस कालका प्रमुख रचनाकारहरू हुन्। यस कालमा
जातीय जागरणका साथै स्वाधीनता सङ्ग्राममा कूदने आह्वान पनि यी रचनाकारहरूले गरे।
पारसमणि प्रधान सम्पादित पत्रिका चन्द्रिकाले यस जागरणमा विशेष भूमिका
निभायो।

                नवजागण
कालका पद्य-रचनाहरूमा पारसमणि प्रधान कृत जपमाला
, धरणीधर शर्मा
कृत नैवेद्य
, स्पन्दन्, महानन्द सापकोटा
कृत मनलहरी
, अपुङ्गो, पुष्पलाल
उपाध्यायको पुष्पांजलिउषा मंजरी
, जगन्नाथ गुरागाईंको
नम्रनिवेदन आदि प्रमुख छन्। जागरणको आग्रह यस कालका साहित्यको प्रमुख
विशेषता रहेको देखिन्छ। अतीत गौरवगान
, यथार्थ चित्रण, राष्ट्रियता,
रुढ़िको
विरोध
, सुधार भावना, नीति र उपदेश आदि यस कालका साहित्यमा
देखिने प्रमुख प्रवृत्तिहरू हुन्।

                भारतीय नेपाली साहित्यको यो कालखण्ड
कथाको विकासका निम्ति स्वर्णकाल रहेको छ। ठाकुरचन्दन् सिंह सम्पादित गोर्खा
सन्सार
, मणिसिंह गुरूङ् सम्पादित तरूण गोर्खा
आदि पत्रिकाहरूले यस दिशामा महत्वपूर्ण भूमिका निभाएका छन्। रूपनारायण सिंह रचित अन्नपूर्णा
गोर्खा सन्सारमामा प्रकाशित भयो र यसलाई विद्वानहरूले प्रथम नेपाली आधुनिक कथा
मानेका छन्। रामसिंह गोर्खा रचित एउटा गरीब सार्कीकी छोरीमा यथार्थवादको
दर्शन हुन्छ। यस कथामा पहिलो पटक लेखकले उच्च वर्गीय पात्रको स्थानमा निम्नवर्गीय
पात्रलाई स्थान दियेर प्रगतिवादी दृष्टिको परिचय दिएको देखिन्छ।

    समाज सुधार, जातपात र
वर्गभेदको विरोध
, जातीय एकता आदि यस कालमा रचित कथाहरूमा पाइने
प्रमुख प्रवृत्तिहरू हुन्। यस कालमा दर्जनौं कथाहरू साथै सदाशिव शर्मा रचित निबन्ध
महेन्द्रमल्ली चन्द्रिकामा प्रकाशित भयो। यसलाई प्रथम नेपाली निबन्ध हुने गौरव
प्राप्त छ।

                यस कालमा उपन्यासको क्षेत्रमा पनि ठूलो
परिवर्तन देखा पर्यो। यस कालका रचनाकारहरूले तिलस्मी प्रवृत्तिलाई छोड़ेर
उपन्यासलाई समाजसँग जोड़ने प्रयास गरे।

                नवजागण कालमा नाटकको क्षेत्रमा पनि
अभूतपूर्व विकास भएको देखिन्छ। दार्जिलिङ्मा गोर्खा थिएट्रिकल पार्टी
,
हिमालयन एण्ड चिल्ड्रेन एसोसिएसन, हिमालयन कला
मन्दिर
जस्ता नाट्य संस्थाहरूको स्थापनाले नाटक मञ्चनको काम सरल हुन
पुग्यो। धनवीर मुखिया रचित रूक्मिनीहरण
, प्रद्युम्न विजय,
भैयासिंह
गजमेर कृत नलदमयन्ति
, कर्णार्जुन युद्ध, उषाहरण,
सूर्यविक्रम
ज्ञवाली कृत श्यामा कमारी आदि यस कालमा प्रकाशित र मञ्चित नाटकहरू हुन्। द्रव्यशाहको
जीवनी
, रामशाह, पृथ्वीनारायण
शाह
,
अमरसिंह थापा यस कालमा
प्रकाशित प्रमुख जीवनी साहित्य हुन्। मौलिक लेखन परम्पराको विकास
, रुढ़िहरूको
विरोध आदि यस कालमा रचित साहित्यका विशेषताहरू हुन्। चन्द्रिका
, जन्मभूमि,
गोर्खा सन्सार, तरूण गोर्खा, आदर्श,
नेपाली साहित्य सम्मेलन पत्रिका आदि यस कालका
प्रमुख पत्र-पत्रिकाहरू हुन्।

                नवजागण कालमा नेपाली भाषाको एकरूपताका
लागि रचनाकारहरूले विशेष प्रयास गरे। यस दिशामा पारसमणि सम्पादित चन्द्रिकाले
विशेष भूमिका निभाएको देखिन्छ। तबसम्म गोर्खा भाषाको नामले अभिहित नेपाली भाषाले
यस कालमा आएर नेपाली नाम प्राप्त गर्यो।   

                ख.
स्वच्छन्दतावादी युग -(सन्
१९४७
देखि
१९६०
सम्म)

                पश्चिमी साहित्यमा आएको रोमान्टिक
विचारधाराको प्रभाव सबै भारतीय साहित्यमा पर्यो। नेपालीमा नेपालका कवि
लक्ष्मीप्रसाद देवकोटाका रचनाहरूबाट यस विचारधाराको प्रचार भयो। भारतीय नेपाली
पद्य साहित्यमा यस विचारधाराको प्रभाव सन्
१९४७ को देउछाउबाट देखिन्छ। अगमसिंह गिरी,  नरेन्द्र कुमाईं,  वीरेन्द्र सुब्बा, ओकिउयामा
ग्वाइन आदिका रचनाहरूमा यसको प्रभाव स्पष्ट रूपमा देखिन्छ।
अगमसिंह गिरी रचित आँसु,
याद, नरेन्द्र कुमाईंको रोदन्, वीरेन्द्र
सुब्बाको मेघमाला
, कुसुम छोरी, हरिप्रसाद
गोर्खा राई रचित बाबरी यस दिशाका प्रमुख रचनाहरू हुन्। यस कालमा भारतीय
शासन व्यवस्था र जातीय अधिकारप्रति भावुक विद्रोह पनि देख्न पाइन्छ। प्रकृतिको
स्वच्छन्द सौन्दर्यमा विचरण गर्नका साथै यस कालका कविहरू एक्कासी क्रान्ति तर्फ
अग्रसर पनि भएका देखिन्छन्। नरेन्द्र कुमाईं कृत सेनानीसँग
, दापको
खुकुरी सित
,
समयको शङ्खनाद यस दिशाका
रचनाहरू हुन्। गद्य क्षेत्रमा पनि यस कालमा धेरै विकास भएको देखिन्छ। कथाको क्षेत्रमा
रूपनारायण सिंह
, हरिप्रसाद गोर्खा राई, शिवकुमार राई
आदिको विशेष भूमिका रहेको छ भने उपन्यासको क्षेत्रमा लैनसिंह बाङ्ग्देल रचित मुलुक
बाहिर
, लङ्गड़ाको साथी, माइतघर,
शिवकुमार
राईकृत डाकबङ्गला
, अच्छा राई रसिक रचित लगन,
दोभान आदि यस कालका महत्वपूर्ण कृतिहरू हुन्।

 ग.
प्रयोग काल-(सन्
१९६१
देखि
१९७५
सम्म)

                सन् १९६१ मा ईश्वरबल्लभ सम्पादित पत्रिका फूल
पात पत्करले साहित्यको परम्परागत लेखनशैलीमा परिवर्तनको आग्रह गर्यो। सन्
१९६३ मा प्रकाशित भएको तेस्रो आयाम
पत्रिकाको माध्यमबाट आयामिक आन्दोलनको घोषणा गरियो। ईश्वरबल्लभ
, वैरागी
काइँला जस्ता कवि लेखकहरूले यसलाई गति प्रदान गरे। विद्वानहरू यस आन्दोलनलाई
पश्चिमी साहित्य जगतमा देखा परेको थर्ड डायमेन्सनको प्रभाव मान्दछन्। यसले
परम्परागत लेखनशैलीलाई हठात् वस्तुवादी लेखनशैली तर्फ मोड़ी दियेको देखिन्छ। यसले
पहिलो पटक गोल साहित्य लेख्ने आग्रह गर्यो जस्मा भाव र विचारसँगै दर्शनको गहराईको
समावेश पनि होस्। नयाँ प्रतीक
, नयाँ विम्ब र गहन बौद्धिकता यस
आन्दोलनको आग्रह रहेको छ। कोरा भावुकताको स्थानमा लेखकत्रयले वस्तुको वस्तुता र
यथार्थ पक्षमा बल दियो। यसरी नै भारतीय नेपाली साहित्यमा पहिलो पटक एउटा नयाँ
साहित्यिक विचारधाराको जन्म भयो। मानिसको सम्पूर्णता
, परम्पराको खण्डन,
आधुनिकताको
आग्रह
, वस्तुता, समग्रता आदि यस आन्दोलनको प्रमुख आग्रह रहेको
छ। कविताको क्षेत्रमा ईश्वरबल्लभ रचित आगोका फूलहरू हुन्
, आगोका
फूलहरू होइनन्
,
एउटा शहरको किनारमा, समान्तर,
वैरागी
काइँला रचित वैरागी काइँलाका कविता
, गद्य क्षेत्रमा
इन्द्रबहादुर राई रचित कथा सङ्कलन विपना कतिपय
, आज
रमिता छ
उपन्यास आदि यस कालका प्रमुख रचनाहरू हुन्। यस
कालका रचनाकारहरूले केवल भाव र शैलीको क्षेत्रमा मात्रै परिवर्तन नगरेर भाषा
प्रयोगको क्षेत्रमा पनि नयाँ क्रान्ति ल्याउन सफल भए। नयाँ शब्दहरूको निर्माण
,
पश्चिमी
पुराकथा
, ऐतिहासिक पात्र, पौराणिक घटनाहरू आदिबाट लिएका
प्रतीकहरूको प्रयोगले नेपाली भाषाको शब्द भण्डारमा अभूतपूर्व बृद्धि भयो। यस कालमा
आयामिक विचारधाराबाट हटेर रचना गर्ने रचनाकारहरूमा असम निवासी हरिभक्त कटुवालको
नाम अग्रगण्य छ। उनका रचनाहरू स्वच्छन्दतावादी प्रवृत्तिका हुनका साथै प्रगतिशील
विचारधारामा पनि घुमेका  देखिन्छन्। सम्झना
,
भित्री
मान्छे बोल्न खोज्छ
, यो जिन्दगी खै के जिन्दगी उनका प्रमुख काव्य
रचनाहरू हुन्। गीतिमयता कटुवालका कविताहरूको अर्को प्रमुख विशेषता हो।

                प्रयोगकालमा
अतिशय बौद्धिकताले गर्दा रचनाकारहरूमा एउटा अन्योलको स्थिति पैदा भयो। यो सबैका
लागि ग्राह्य बन्न सकेन तर यस आन्दोलनले सम्पूर्ण नेपाली साहित्य जगतमा एउटा हलचल
ल्याएको कुरालाई नकार्न सकिँदैन। यसका साथै यसले भावि साहित्यका लागि एउटा नयाँ
घडेरी तयार पार्न सफल भयो भन्न सकिन्छ।

 ग.
नवलेखन काल-(सन्
१९७६
देखि वर्तमानसम्म) 

                नवलेखन कालसम्म आइपुग्दा भारतीय नेपाली
भाषी समुदायमा आधुनिक शिक्षाको प्रचार-प्रसार र विज्ञानको विकासले गर्दा नयाँ सोच
र आधुनिक चेतना पैदा भयो। यसको परिणामस्वरूप नेपाली साहित्य विश्व साहित्यको
सम्पर्कमा आयो। विभिन्न विचारधाराहरूको प्रभावले यस काललाई विद्वानहरूले सङ्क्रमण
काल पनि भनेका छन्। युगीन समस्याहरूको निरूपण गर्नका साथै यस कालका रचनाकारहरूले
आफ्नो जातीय अस्मिता लड़ाईको अभियान पनि जारी राखे। सिक्किमको भारतमा विलय
, भाषा
आन्दोलन
, पूर्वोत्तर भारतको विदेशी भगाओ आन्दोलन, सम्विधानको आठौं
अनुसूचिमा नेपाली भाषालाई मान्यता
, गोर्खाल्याण्ड आन्दोलन आदि यस कालको
साहित्यलाई प्रभावित पार्ने राष्ट्रिय स्तरका प्रमुख घटनाहरू हुन्।

                नवलेखनकालीन साहित्यमा गान्धीवाद,
अरविन्द
दर्शन
, मार्क्सवाद, यथार्थवाद, विम्बवाद,
प्रतीकवाद,
मनोविश्लेषणवाद,
उत्तर
आधुनिकता
, भूमण्डलीकरण जस्ता विचारधाराहरूको स्पष्ट प्रभाव परेको देखिन्छ।
साहित्य अकादमी र भारतीय सम्विधानले नेपाली भाषालाई मान्यता दिएपछि भारतीय नेपाली
रचनाकारहरूको मनोबल र पनि बढ्यो
; यसैले आज असङ्ख्य रचनाकारहरू साहित्य
साधनामा लागेका छन्। यस कालका रचनाहरूमा युगीन त्रास
, घुटन, एकाकीपन,
विखण्डित
नाता सम्बन्ध
, समग्रता आदिको चित्रण गर्नका साथै जातीय
अधिकारको लागि विद्रोहको तीव्र स्वर पनि सुनिएको देखिन्छ। कविता क्षेत्रमा विशेष
योगदान दिने युद्धवीर राणा
, गोपीनारायण प्रधान, केदार
गुरूङ
, उपमान बस्नेत, पवनकुमार चामलिङ, के.
बी. नेपाली
, नव सापकोटा आदि रचनाकारहरू छन् भने गद्य
क्षेत्रमा विक्रमवीर थापा
, मत्स्येन्द्र प्रधान, असीत
राई
, विन्द्या सुब्बा, आदिको नाम स्मरणीय छ। यस कालमा गद्य
साहित्यमा संस्मरण
, जीवनी, यात्रावृतान्त, समालोचना जस्ता
विधाहरूको व्यापक विकास भयो। यी देखि बाहेक परम्परागत गद्य विधाहरूको स्वरूपमा पनि
धेरै परिमार्जन भएको देखिन्छ।

                कथाको
क्षेत्रमा आयामिक आन्दोलनका एक स्तम्भ बहादुर राई लीलालेखन आन्दोलन चलाइरहेका छन्।
यस दृष्टिले लिखित उनको कथा सङ्कलन कठपुतलीको मनको विशेष महत्व छ। सानुलामा
,
शरद
क्षेत्री
, जगत क्षेत्री, लीलबहादुर छत्री, खड्गराज
गिरी आदि वर्तमानकालीन कथा क्षेत्रमा विशेष योगदान पुर्याउने कथाकार हुन्। गद्य
क्षेत्रमा समालोचना विधाको अभूतपूर्व विकास भयो। यस कालमा व्यक्ति स्तुतिदेखि माथि
उठेर वैज्ञानिक समालोचना तर्फ आलोचकहरूको विशेष ध्यान गयेको देखिन्छ। सैद्धान्तिक
,
व्यावहारिक
आलोचनाका साथै शैलीवैज्ञानिक आलोचनाको विकास पनि यस कालको देन हो। यस कालमा
साहित्यको शोधात्मक प्रवृत्ति तर्फ अनुसन्धाताहरूको ध्यान विशेष रूपमा गयेको
देखिन्छ। भारतीय नेपाली साहित्यका प्रत्येक विधाहरूमाथि आलोचना लेख्नुको साथै
इतिहास लेखन र दस्तावेजीकरणको कार्य र लोक साहित्यको सम्बर्धन र संरक्षणको कार्य
पनि धेरै जोड़-तोड़सँग चली रहेको छ। शोध कार्यमा नेपाली विभाग
, उत्तर
बङ्गाल विश्वविद्यालयले विशेष भूमिका खेल्दै आएको छ।

निष्कर्ष

                बड्दो
सूचना प्रौद्योगिकीले गर्दा वर्तमानमा आएर विश्व एउटा गाउँ सरह भएको छ। यसले गर्दा
देश विदेशका भाषा साहित्यमा सान्निध्य बढेको छ। नवलेखनकालीन साहित्यलाई भारतीय
मात्रै नभएर
, अन्तराष्ट्रीय परिप्रेक्ष्यमा पनि आफ्नो शक्ति
र सीमाको आकलन गर्ने अवसर प्राप्त भएको छ। यो भारतीय नेपाली साहित्यको लागि
अत्यन्तै शुभ अवसर हो र हाम्रा रचनाकारहरू आज साहित्यिक अभावहरूप्रति सचेत भएर
आफ्नो क्षमताप्रति सहज आश्वस्त भएका छन्। राष्ट्रिय र अन्तरर्राष्ट्रिय मञ्चको
निर्माण भैसकेको छ र यो भारतीय नेपाली रचनाकारहरूका लागि एउटा शुभ सन्देश हो।
नेपाली परम्परा
, आस्था, विश्वास, परम्परा,
दर्शन,
मान्यता
विश्वमा चिनाएर विश्व साहित्यलाई नयाँ स्वाद प्रदान गर्ने साहित्यिक अभियान युवा
लेखकहरूले चलाइरहेका छन्। पश्चिमी साहित्यका पिछलग्गु नभएर नयाँ चिनारी विश्व
साहित्यको पटलमा राख्ने प्रयास गर्नु नेपाली रचनाकारहरूको विशेष लक्ष्य हुनु
अनिवार्य रूपमा देखा पर्न गएको छ। उतैबाट नकल गरेको साहित्यको केही मूल्य हुँदैन।
विश्वले नेपाली साहित्यलाई चिन्नु पर्छ भने हामीले केही नयाँ दिनु पर्छ। सोशल
मिडियाले यस कार्यलाई सरल बनाएको देखिन्छ। यसै गतिले अगि बढ्दै गए भारतीय नेपाली
साहित्य अन्य भारतीय साहित्य साथै विश्व साहित्यसँग काँधमा काँध मिलाएर अगि बढ़दै
भारतीय साथै विश्व साहित्यकोशलाई समृद्ध पार्न सक्षम बन्ने छ भन्ने आशा गर्न
सकिन्छ।

                                                                                ———————-

 

     

             सहायक संदर्भ ग्रंथ

1. भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहास
– डॉ. गोमा देवी शर्मा, गोर्खा ज्योति प्रकाशन, प्र. सं, 2019

2. नेपाली साहित्यको परिचयात्मक इतिहास – डॉ.
घनश्याम नेपाल – नेपाली साहित्य प्रचार समिति सिलगढी,1981

3. मणिपुरमा नेपाली साहित्य : एक अध्ययन – डॉ. गोमा दे.शर्मा, गोर्खा ज्योति
प्रकाशन, 2016

4. भारतीय नेपाली साहित्यको इतिहास – असीत राई,
श्याम ब्रदर्श प्रकाशन, दार्जिलिङ, 2004

5. नेपाली भाषाको उत्पत्ति- चूड़ामणि बन्धु,जगदम्बा
प्रकाशन,काठमाण्डू,1968

6.नेपाली भाषा विकासको संक्षिप्त इतिहास-सूर्य
विक्रम ज्ञवाली-नेपाली साहित्य परिषद दार्जिलिङ,1972

7. पाँच सय वर्ष-बालकृष्ण पोखरेल, जगदम्बा
प्रकाशन, काठमाण्डू,1963

8. नेपाली साहित्यको भूमिका – यज्ञराज
सत्याल, श्रापाँच सरकार, प्रकाशन विभाग,1961

 

Author

  • डॉ.गोमा देवी शर्मा (अधिकारी)

    डॉ.गोमा देवी शर्मा (अधिकारी) गुवाहाटी, असम की निवासी हैं और पेशे से एक शिक्षिका हैं। इन्होंने हिंदी विषय में स्नातक, स्नात्कोत्तर, बीएड एवं पीएचडी मणिपुर विश्वविद्यालय से और नेपाली में गुवाहाटी विश्वविद्यालय के आइडोल केंद्र से की है। ये मूल रूप से नेपाली, हिंदी और अंग्रेजी में लिखती हैं। ये पूर्वोत्तर भारत की एक हिंदी सेवी हैं। ये भारतीय नेपाली साहित्य की अध्येता हैं। इनकी हिंदी तथा नेपाली में कई पुस्तकें प्रकाशित हैं

Leave a Comment

error: Content is protected !!