पूर्वोत्तर भारतका नेपाली सवाई / लहरी काव्य

पूर्वोत्तर भारतका नेपाली सवाई / लहरी काव्य

 

 



     
डा. गोमा देवी अधिकारी

                                                 मणिपुर                                   

 

नेपाली साहित्यमा मोतीराम
भट्ट (1866-1996)को आगमनसँगै
नेपाली साहित्यले आधुनिकताको
युगमा प्रवेश गर्छ। गोर्खा भारत जीवन पत्रिकाको प्रकाशनसँगै
नेपाली साहित्य छापा अर्थात
प्रेसको दुनियामा भित्रिन
पुग्छ। छपाईको सुविधाले
लेखक कविहरूको लेखनतिर
भएको हौसलालाई अझ
बढ़ाई दिएकाले लेखनका विभिन्न
विधा भावहरूको जन्म
भयो। यस युगमा विभिन्न
प्रकारका रचनाहरू देखा पछर्दन्।
श्रृंगार, भक्ति, नीति, लक्षणग्रन्थ, लक्ष्यग्रन्थ विषयक ग्रन्थहरू,
कथा, उपन्यास, नाटक, जीवनी, आलोचना, नियात्रा
जस्ता विधाहरूको थालनी
विकास यसै युगमा
भयो। यस युगको एउटा
अत्यन्त महत्वपूर्ण विशेषता
हो सवाई लहरी साहित्यको
रचना। यस युगमा जब
बनारस श्रृंगार परम्परामा चुर्लुम्म
डूबेर जनजीवनको उपेक्षामा
लीन थियो तब पूर्वोत्तर
भारत सवाई, लहरी काव्यको माध्यमबाट जनजीवनको
सुखदुख तथा युद्धको
विभीषिकालाई अभिव्यक्ति दिनमा मग्न थियो। बनारसको
संस्कृत, फारसी, हिन्दी
आदि भाषाका शब्दहरूयुक्त काव्य
थियो भने सवाई लहरी
काव्य शाब्दिक आडम्बरदेखि टाढ़ा
रहेर साधारण जनताले सजिलै
बुझ्ने नेपाली भाषामा रचिए।

सवाई वा लहरी नेपाली
लोक छन्द हो जसमा
मात्राहरूको झमेला रहँदैन। साधारणतया
यसमा 14 अक्षर, चार, आठ
तथा तेरहमा विश्राम हुन्छ।
यो विशेष रूपमा कुनै
वस्तु घटनाको वर्णनका लागि
प्रयोग गरिन्छ। यो सँधै पञ्चहरूलाई सम्बोधन गरेर लेखिन्छ
यसलाई गाएर सुनाइन्छ। यथा

सुनसुन पञ्च हो केही भन्छु।

मणिपुरको लड़ाईको सवाई कहन्छु।।  

नेपाली लोकजीवनमा
सवाईलाई विशेष स्थान प्राप्त
छ। यसको प्रारम्भ कहिले
भयो भन्ने किटान गर्न
कठिन छ। लिखित रूपमा
सन्त ज्ञानदिलदास रचित
उदयलहरी काव्य यसको
प्रथम उदाहरणका रूपमा
लिइन्छ। देवी पन्थीको भनाइमा
सवाई लेख्ने परम्पराको इतिहास पहिल्याउँदा यो लोकगीतका अन्य अड़्गहरू जस्तै धेरै पुरानो विधा हो भन्न सकिन्छ। यसको लेखन कार्यलाई सीमाङ्कन गर्न गाह्रो भएता पनि हालसम्मको अन्वेषणद्वारा प्राप्त प्रमाण अनुसार ज्ञान दिलदासको विक्रम संवत 1934 तदनुसार सन् 1877 मा लेखिएको उदयलहरीलाई प्रथम लिखित सवालाई भन्न सकिन्छ।1

भारतीय नेपाली साहित्यमा सवाई/लहरी
काव्यको विशेष महत्व रहेको
छ। आलोच्य कालमा लेखिएका
धेरजसो सवाई सैनिकहरूद्वारा रचित
छन्। यी रचनाका रचनाकारहरूका
बारेमा भने पूर्ण परिचय
उपलब्ध छैन। सवाई रचनाहरू
पूर्वोत्तर भारतीय नेपाली साहित्यका
प्रारम्भिककालीन रचनाहरू हुन्।
यी रचनाहरूले यस
क्षेत्रमा नेपाली सहित्यको जग
बसाल्नमा विशेष भूमिका खेलेका छन्।

प्रमुख सवाई रचनाहरू

1.    तुलाचन
आले मणिपुरको लड़ाईको सवाई (1893)

2.    धनवीर
भण्डारी अब्बर पहाड़को सवाई (1894), भैंचालाको सवाई (1897)

3.    आत्माराम
मगर भैंचालाको सवाई (1905)

4.    कृष्ण
बहादुर उदास’- आछामको सवाई (1908)

5.    गजवीर
राना नागाहिल्सको सवाई (1933)

6.    रामचन्द्र
ढुङ्गाना कानी (अफीम)को सवाई (1933)

 

 

 

1-           
मणिपुरको लडाईको सवाई

 पूर्वोत्तर भारतको
पहिलो
साहित्यिक रचना हुने गौरव पाएको मणिपुरको लडाईको सवाईको विषय
सन् 1891मा भएको अड़्ग्रेज
मणिपुरीहरूको बीचमा भएको युद्ध
हो जसलाई खोड़्जोम युद्ध
भनेर जानिन्छ। यो
रचना अद्वितीय
तर यसका रचनाकारको यथेष्ट
परिचय भने प्राप्त छैन।
यसै कृतिका आधारमा यिनको
नाउँ तुलाचन आले रहेको
उनी 43/44 गोर्खा
पल्टनमा लान्स नायक थिए
भन्ने कुरा थाह लाग्छ।
सन् 1891मा भएको अड़्ग्रेज मणिपुरी
युद्धमा उनी अड़्ग्रेजी फौजको
पक्षदेखि लड़न बाध्य थिए
तर उनको मनमा स्वदेश
देशवासी हरूप्रति माया
अड़्ग्रेज प्रति वितृष्णा
थियो भन्ने कुरा थाहा
लाग्छ।

 यस कृतिमा कुल
मिलाएर 122 पड़्क्तिहरू तथा
30 श्लोक
छन्। यो मूलरूपमा वर्णनात्मक
शैलीमा रचिएको छ। यसमा
अड़्ग्रेजहरूको कूटनीति, मणिपुरको
युवराजलालाई बन्दी बनाउनु, दरबारमा
पसेर लूट मचाउनु, भारी
युद्ध आदिको विषद् वर्णन
छ। यस कृतिको भाषा
सरल ग्रमीण बोलचालको नेपाली
भाषा हो।  यथा

जोगराजलालाई पक्र भनी हुकुम जब दीया।

हुकुम्पाई पल्टनले किल्ला घेरी लिया।।

तहाँ पछी मनिर्पुले थाहा पनी पाया।

जोगराजको हुकुम पाई गोली चलाया।।

जती जाने फौजले दरबार लुटी लिया।

लूटका शूरमा राजा भगाया।।

जोगराजका भाई सेनापति थीया।

येक घडी पछी तहाँ तोप चलाया।।

पच्चीस तारीक अप्रेलमा भारी युद्ध भयो।

तृतालीस गोर्खाले नाम चलायो।। 2

 

यस रचनामा युद्ध
वर्णनका साथै कतिपय ऐतिहासिक तथ्यहरूको
खुलासा पनि भएको छ।
मणिपुर अड़्ग्रेजहरूको बीच
भएको युद्ध कुन तारिकमा
भयो भन्ने कुरामा अहिलेसम्म
पनि मणिपुरका इतिहासविदहरूमा मतभेद रहेको छ।
यसो हुँदाहुँदै पनि
23 अप्रैललाई खोड़्जोम दिवसको रूपमा पालन
गरिन्छ। यस रचनाका अनुसार
खोड़्जोम युद्ध 25 (पच्चीस) अप्रैलमा
भएको थियो भन्ने थाहा
लाग्छ।

2. अब्बर पहाडको सवाई (1894)

धनवीर भण्डारी कृत अब्बर पहाड़को सवाईमा कुल
मिलाकर 927 श्लोक छन्। अब्बर
पहाड़ अर्थात् अरूणाचल प्रदेशको
आदिवासी आबर अथवा अब्बर
तथा इस्ट इण्डिया कम्पनीको
बीचमा सन् 1893-94मा
भएको युद्धको वर्णन छ।
अड़्ग्रेजहरूसँग अब्बरहरूले वीरताका
साथ लडेका थिए। उनिहरूको
साहस एवं युद्ध कौशलको
वर्णन, युद्धबाट उत्पन्न
त्रासदी, जनताको दयनीय स्थितिको
चित्रण आदि यस रचनाको
वर्ण्र्यविषय रहेको छ।

 भैंचालाको सवाईमा
सवाईकार धनवीर भण्डारीले सन्
1897मा
शिलाड़्गमा गएको भैंचालाको त्रासदीको
वर्णन गरेका छन्। यथा

  शिलांगको ठुलो टापू सुनाकुरूड़् थियो।

पहरा हल्लाएर सबै झारी दियो।।

चुराडिम् चेरापुंजी खसीयाको बस्ती।

 भताभुंग गरीदियो भुमि चल्दा अस्ति।।

डिब्रूगढ गोहाटी अरू रांगामाटी।

धुपगढीजात्रा पुरै सबै गयो फाटी।।

पत्ताल फुटीकन निस्की गयो जल।

छताछुल्ल हुन गयो मधेशको थल।। 3

 

3. भैंचालाको सवाई

यस कृतिमा सवाईकार आत्माराम
मगरले सन् 1905मा हिमाचल
प्रदेशको काड़्गडामा आएको
भैंचालो त्यसले गरेको
महाविनाशको वर्णन 136 श्लोकहरूमा
गरेका छन्।

4. आछामको सवाई

यस कृतिका रचनाकार कृष्ण
बहादुर उदासका रचनामा प्रयुक्त
असमिया भाषाका शब्दहरू प्रयोगले
उनि असमवासी थिए भन्ने
जानकारी प्राप्त हुन्छ। यस
रचनामा एकतीस श्लोकहरू छन्। प्रारम्भमा
असमलाई नेपाली जनजिब्रोले आछाम भनेर सम्बोधित गर्दथे
भन्ने बुजुर्गहरूको भनाइ
छ। यसैले सवाईकारले असमलाई आछाम शब्दले सम्बोधित
गरेका छन्। यस सवाईमा
कविले असम प्रान्तमा जीवन
यापन गर्न नेपाली जनता
कानीको कुलत लागेर आफ्नो
बालबच्चाहरूको जिन्दगीलाई भताभुड़्ग पारे खेद प्रकट
गरेका छन्  

चार दामको उत्पत्ति छैन चार आनाको खर्च।

कानि खाई बिग्रन लाग्ये नेपाली सबै भ्रष्ट।।

अछामको नेपाली भासाले केरालाई भन्छ कोल।

कानि नखाई सकिन्न भन्छ दुनिया लोक।। 4

 

 यसमा तत्कालीन असमीया
नेपाली जनजीवन, रहनसहन, बोलचाल
आदिका साथ भौगोलिक तथा
आर्थिक पक्षलाई पनि
विषयवस्तुको आधार बनाइको छ।

5. नागाहिल्सको सवाई (1913)

यस सवाईका
सवाईकार गजवीर रानाले सन्
1913मा
इस्ट इण्डिया कम्पनी तथा
नागालैण्डका नागाहरूको बीच
भएको युद्धको वर्णन गरेका
छन्। यस युद्धमा कवि
स्वयं सामेल थिये यसैले
उनको युद्ध वर्णन सजीव
बनको छ। यस लडाईमा
उनी घाइते भयेको प्रमाण
चौथो श्लोकमा प्राप्त भएको
छ। यसमा गजवीर रानाले
नागाहरूको युद्ध कौशलको सजीव
वर्णन गरेका छन्

दाउरा भाला धनुका बन्दुकका गोली।

हान्न लाग्यो नागाहरू इष्टान खोली।।

कुरूक्षेत्रको महाभारत जस्तो।

चार घण्टासम्म लड़ार्इ भयो तेस्तो।।ं 5

6. कानीको सवाई   

यस कृतिका रचनाकार रामचन्द्र
शर्मा असम निवासी थिए।
यिनीद्वारा लेखिएको यो सवाई काव्य सन् 1933मा सर्वहितैषी
कम्पनी बनारसद्वारा प्रकाशित
गरियो। यो मूलत: सुधार, संस्कारको
भावमा आधारित छ। समाजमा
कानी खाने कुलतले ठूलो
बर्बादी भएको उनले महसूस गरेको
देखिन्छ। यसै विषयलाई दर्शाउँदै
मानिसहरूहरूलाई यस दुर्व्र्यसनदेखि टाढ़ा बस्ने उपदेश यस रचनामा
कविले दिएका छन्। यसका
साथै यसमा जातीय उत्थानका
लागि कार्य गर्ने कुरा
पनि गरिएको छ। यथा हाम्रा साझेदारहरूलाई भेट्नुहोस्,shoes – फैशनेबल जुत्तामा नेताहरू!

1.कानी खाँदा शक्ति छिनमा हात्ति किन्ने दिन्छ। 6

2.बन्धु जनमा करजोडी शरणमा पर्छु।

कानि त्यागे मित्रले आनन्दमा पर्छु। 7

7. पैह्रोको सवाई

यस कृतिका रचनाकार दिलु
सिंह राईको जन्म सन्
1886मा
दार्जीलिड़्मा भएको थियो। यिनी
मूल रूपमा महर्षि दयानन्द
सरस्वतीले स्थापित गरेको आर्य
समाजबा प्रभावित थिए। उनी
आजीवन यस दर्शनमा रहे।
दयानन्द सरस्वतीकै शिक्षाको
प्रचारप्रसार गर्दै सन्
1954मा
उनको मृत्यु भयो। उनिले
सत्यार्थ प्रकाश, कनादमुनि कृत
वैश्वेषिक दर्शन
दयानन्द कृत संस्कार विधिको नेपाली
अनुवाद गर्नका साथै सन्
1901मा
दार्जिलिड़्मा भएको भयड़्कर भूस्खलनमा
आधारित पैह्रोको सवाईको
रचना गरे।

 माथि उल्लेख गरिएका
रचनाहरू बाहेक अलावा डाकमान
कृत पैह्रोको सवाई, (1899), मनी राज
शाही रचित चरीको सवाई, (1909), चेतनाथ
आचार्य कृत काशीको सवाई, धर्मसिंह चामलिड़्
रचित मनलहरी (1919) सुन्दर
सिंह रचित आनन्द लहरी आदि यस विधाका
महत्वपूर्ण रचनाहरू हुन्।

 पञ्चहरूलाई सम्बोधित
गरेर लयमा गाउँदै प्रस्तुत
गरिने सवाई काव्यहरू मोतीरामयुगीन
भारतीय नेपाली साहित्यका विशेष
निधि हुन्। यी रचनाका
रचनाकारहरू पढ़ेलेखका विद्वानपण्डित
भएर साधारण सैनिक
वा साधारण जनता थिए।
उनिहरूले लोकछन्द, लोकभाषा
लोक शैलीमा युद्धको
विभिषका, प्राकृतिक आपदाबाट
प्रभावित जनजीवनको चित्रण
जुन जनजिब्रोले बोल्ने
सरल नेपाली भाषामा गरेका छन्
यो वास्तवमा आँफैआफमा
एउटा अनुपम कार्य हो
भन्न सकिन्छ। यी काव्यले
भारतीय नेपाली साहित्यको विकासमा
बिर्सन नसक्ने
योगदान पुऱ्याएका छन्।

 

सन्दर्भ :

1. भीमकान्त
उपाध्यायआँखीझ्याल बाट
हेर्दा, पृ.33 8. पूर्ववतपृ.48

2. पूर्ववतपृृ.53

3. पूर्ववतपृ.39

4. मोतीराम
भट्टपीकदूत, नेपाली
साहित्य सुमन,पृ.14

5. असीत
रार्इभारतीय नेपाली साहित्यको
इतिहास, पृ.60

6. भीमकान्त
उपाध्यायआँखीझ्याल बाट
हेर्दा, पृ.33 8. पूर्ववतपृ.48

7. पूर्ववतपृृ.53

8. पूर्ववतपृ.39

9. मोतीराम
भट्टपीकदूत, नेपाली
साहित्य सुमन,पृ.14

10. असीत
रार्इभारतीय नेपाली साहित्यको
इतिहास, पृ.60

 

Author

  • डॉ.गोमा देवी शर्मा (अधिकारी)

    डॉ.गोमा देवी शर्मा (अधिकारी) गुवाहाटी, असम की निवासी हैं और पेशे से एक शिक्षिका हैं। इन्होंने हिंदी विषय में स्नातक, स्नात्कोत्तर, बीएड एवं पीएचडी मणिपुर विश्वविद्यालय से और नेपाली में गुवाहाटी विश्वविद्यालय के आइडोल केंद्र से की है। ये मूल रूप से नेपाली, हिंदी और अंग्रेजी में लिखती हैं। ये पूर्वोत्तर भारत की एक हिंदी सेवी हैं। ये भारतीय नेपाली साहित्य की अध्येता हैं। इनकी हिंदी तथा नेपाली में कई पुस्तकें प्रकाशित हैं

Leave a Comment

error: Content is protected !!