भारतीय नेपाली साहित्यको इतिहास

यो भारतीय नेपाली साहित्यको पहिलो विश्लेषणात्मक इतिहास हो। भारतमा लगभग डेढ़ करोड़ नेपाली भाषी गोर्खाहरू बसोवास गर्दछन्। भारत नेपाली साहित्य को विकास गर्ने मूल थलो हो। पश्चिम बंगाल, पूर्वोत्तर भारतका आठ राज्य, उत्तराखण्ड, बनारस नेपाली भाषा-साहित्यका गढ हुन्। सन 1744 देखि आज पर्यन्त भारतभूमिमा नेपाली साहित्यको सृजन हुँदै आएको छ।

आज पर्यन्त भारत भूमिमा लेखिएको नेपाली साहित्यको मूल्यांकन पनि नेपालमा लेखिएको नेपाली साहित्यसँगै हुँदै आएको देखिएको छ। नेपालको नेपाली साहित्य नेपाल देशको राजनैतिक, सामाजिक, आर्थिक, धार्मिक आदि परिवेशको उपज हो भने भारतभूमिमा लेखिएको नेपाली साहित्य भारतीय परिवेशको उपज हो। यसैले भारतीय नेपाली साहित्यको मूल्यांकन भारतीय परिवेश अनुसार हुनुपर्छ भन्ने यस पुस्तकको उद्देश्य हो।


भारतीय परिवेशलाई ध्यानमा राखेर लेखिएको यो पहिलो साहित्यिक इतिहास पुस्तक हो। यसमा मोठ सामग्रीलाई जम्मा चार कालखण्डहरूमा विभाजित गरेर अध्ययन गरिएको छ – प्रारम्भिक काल, भक्तिकाल, विकासकाल र आधुनिक काल। आधुनिककाललाई फेरि चार भागमा बाँडिएको छ- नवजागरण काल, प्रयोग काल, स्वच्छन्दतावादी युग र नवलेखन काल।
यस पुस्तकमा दार्जीलिङ, सिक्किम, देहरादून, बनारस, पूर्वोत्तर भारत का अन्य राज्यहरूमा बसोवास गर्ने कलमकारहरूलाई व्यापक रूपमा समेटिएको छ। यसले भारतीय साहित्यमा भारतीय नेपाली साहित्यको दर्बिलो उपस्थिति दर्ज गराउने प्रयास गरेको छ।
यस विषयमा विस्तारमा जान्नका लागि तल बटनमा थिच्नुहोस् l

Author

  • डॉ.गोमा देवी शर्मा (अधिकारी)

    डॉ.गोमा देवी शर्मा (अधिकारी) गुवाहाटी, असम की निवासी हैं और पेशे से एक शिक्षिका हैं। इन्होंने हिंदी विषय में स्नातक, स्नात्कोत्तर, बीएड एवं पीएचडी मणिपुर विश्वविद्यालय से और नेपाली में गुवाहाटी विश्वविद्यालय के आइडोल केंद्र से की है। ये मूल रूप से नेपाली, हिंदी और अंग्रेजी में लिखती हैं। ये पूर्वोत्तर भारत की एक हिंदी सेवी हैं। ये भारतीय नेपाली साहित्य की अध्येता हैं। इनकी हिंदी तथा नेपाली में कई पुस्तकें प्रकाशित हैं

    View all posts

Leave a Comment

error: Content is protected !!