मणिपुरेली नेपाली नारी:
एक अवलोकन
डा.गोमा देवी शर्मा
जहाँ नारीको पूजा हुन्छ, त्यहाँ ईश्वर वास
हुन्छ –– भन्ने वैदिक वाक्य भारतीय
समाजमा नारीको महत्वलाई छर्लंग्याउन पर्याप्त छ। यस महान, सत्य र प्रगतिशील विचारसँगै
हजारौं सालको सुदीर्घ परम्परा बोकेको भारतीय नारीको इतिहास गौरवमय रहेता पनि
विभिन्न कालखण्डमा उसले विभिन्न परिस्थिति झेल्नु न परेको होइन। कहिले स्रष्टा, कहिले देवी, कहिले चार दीवारकी बन्दी, कहिले बच्चा जन्माउने मशीन, कहिले धन आर्जन गर्ने
साधन त कहिले समाज रूपी गाड़ीको अनिवार्य गौरवमय चक्का, कहिले पृथ्वी र
अन्तरिक्षकी विजेता। समयको गति र तालसँगै उसले विभिन्न रूपमा धेरै किसिमका
यात्राहरू तय गरिसकेकी छिन्। 21औं शताब्दिको वैज्ञानिक र
भूमण्डलीकृत दुनियामा आज नारी आफ्नो शिक्षा, ज्ञान, विवेक र साहसले आफ्नो
परिचय विश्व सामु राख्न सफल भएकी छिन्। मध्यकालमा पुरुषप्रधान समाजमा उसको
स्वतन्त्रता छिनिए तापनि आधुनिककालमा आएर नारीले आफ्नो नया इतिहास रच्न सफलभएकी
छिन्।
प्राचीनकालमा नारीको इतिहास गौरवमय रहेको
पाइन्छ। समाजमा विदुषि नारीहरू सम्मानित थिए भन्ने कुरा मैत्रेयी, गार्गी, अपाला, घोषा विद्योत्तमा आदिका
कथाहरूबाट थाहा पाइन्छ। सम्पूर्ण पुरुषशक्ति क्षीण हुँदा दुर्गाको रूप लिएर महिषासुरको
वध गरि तीन लोकको रक्षा गर्ने दुर्गा, काल लाई जित्ने सावित्री, भारतीय स्वाधीनता सङ्ग्रामको पहिलो शङ्ख बजाउने
झाँसीकी रानी लक्ष्मीबाई, भारतीय कांग्रेसलाई नेतृत्व गर्ने एनी बेसेंट, सावित्रीबाई फुले, इन्दिरा गान्धी, अन्तरिक्ष यात्री कल्पना
चावला,
अन्तरिक्षपरि
सुनीता विलियम,
बक्सर
मेरी कोम, गीता फोगाट आदि नारीहरूनै हुन् जसको अदम्य साहस, ज्ञान र विवेकको सराहना
सम्पूर्ण विश्व मुक्तकण्ठले गर्दछ। नारी जातिको यस उर्ध्र्वगामी ज्योतिको प्रकाशले
हाम्रा मणिपुरेली नेपाली नारीहरू कति प्रकाशित छन् त भन्ने कुरा प्रति केही चिन्तन, विवेचन र उनिहरूसँग
सम्बन्धित विभिन्न स्थितिहरूलाई यहाँ केलाउने प्रयास गरिनेछ।
सामाजिक
स्थिति –
भारतीय परिप्रेक्ष्यमा हेर्ने हो भने भारतीय समाज नारीप्रति उदार छैन भन्ने कुरामा
दुई मत हुन सक्दैन। यसको सबै भन्दा ठुलो कारण हो दाईजो प्रथा। यस प्रथाले सयमा
नब्बे प्रतिशत नारीहरू प्रताड़नाको सिकार भएको देखिन्छ। पैसाको लोभले हजारौं
नारीहरू आफ्ना पत बाट या पतिका परिवारबाट जिउँदै आगो लगाइन्छन् भने दाइजोका डरले
कन्या भ्रूणहत्या जस्ता जघन्य कृत्यहरू दिनहुँ भइरहेका छन्। यस्तो समाजमा नारी
विकासको कुरा एउटा दिवा सपना जस्तो हुन्छ। न त्यहाँ उसलाई शिक्षा-दीक्षा दिएर अघि
बढ़ाउने प्रयास गरिन्छ र न नै उसलाई अघि बढ़ने प्रोत्साहन दिइन्छ। न त्यहाँ नारी
इच्छाको कुनै कदर हुन्छ। यस परिप्रक्ष्यमा हेर्ने हो भने मणिपुरेली नेपाली नारीको
सामाजिक स्थिति धेरै राम्रो छ। सबै भन्दा राम्रो कुरा, मणिपुरेली नेपाली समाज
दाइजो जस्तो राक्षसी प्रथाबाट मुक्त छ। यसले गर्दा गुणी कन्या छन् भने
धन-सम्पत्तिको स्तर नहेरी कुनै पनि राम्रो परिवारमा उसको बिहा हुन सक्छ। अर्को
कुरा के छ भने मणिपुरेली नेपाली केटीहरूलाई आफ्नो जीवनसाथी आँफै चुनने अधिकार छ।
जात पातमा तलमाथि भएमा अझै पनि मागी बिहा गर्ने समाजले खुलेर अधिकार दिएको छैन तर
भागी बिहा भने प्रशस्तै मात्रामा भएको देखिन्छ। यहाँ अर्को खास कुरा के छ भने यस
समाजमा छोरा र छोरीमा त्यत्रो भेद देखिँदैन। यसका साथै कन्या भ्रूणहत्या जस्तो
जघन्य कार्य भएको पनि पाईंदैन। छोरीको जन्मलाई लक्ष्मीको पर्दापण मानि उसको पनि
छोरा सरह लालन पालन भएको देखिन्छ। यदि समाजमा कुनै पनि नारी विवेकी वा योग्य छिन
भने उसले सामाजिक दयित्वको पनि निर्वहन गरेको देखिन्छ। यसरी समग्रमा भन्ने हो भने
मणिपुरेली नेपाली नारीको स्थिति समाजमा सन्तोषजनक देखिन्छ। यति हुँदा-हुँदै पनि
छोरीलाई उच्च शिक्षा दिलाएर स्वावलम्बी बनाउनु पर्छ भन्ने कुराप्रति मणिपुरेली
नेपाली समाज अझ पनि सम्पूर्ण रूपमा सचेत देखिन सकेको छैन। यसले सयमा अस्सी प्रतिशत
केटीहरूमा पनि पढ़ी-लेखी स्वाबलम्बी बन्नु पर्छ भनेर कुनै दृढ़ लक्ष्य राख्नुको
सट्टा योग्य पति पाउनु मात्रै शिक्षाको उद्देष्य हो भन्ने ठानेको देखिनु दुखद कुरा
हो। दुनियाको बदलाउसँगै यस विचारमा पनि समय अनुसार परिवर्तन आउने छ भन्ने कुरामा आशवस्त
रहन सकिन्छ। मणिपुरेली गोर्खाली समाजमा सामाजिक उत्थानमा ठूलो भूमिका निर्वहन गर्ने
प्रसस्त नारीहरू छन्।
भाषा संग्रामी स्व. आशा रानी राई
मणिपुरेली नेपाली समाजकी प्रथम नारी हुन् भन्न सकिन्छ जसले पारिवारिक दायरा नाघेर
समाजलाई आफ्नो कर्मक्षेत्र बनाउन सफल हुनुभयो। भाषा आन्दोलनको समयमा अखिल भारतीय
नेपाली भाषा समितिकी केन्द्रीय उपाध्यक्षा,
मणिपुर
राज्य नेपाली भाषा समितिकी अध्यक्षा, मणिपुर नेपाली महिला
संगठन की सञ्चालिका, मणिपुर नेपाली छात्र
संघकी सल्लाहाकार जस्ता महत्वपूर्ण पदहरूमा रही वहाँ समाज उत्थानका कार्यमा आजीवन
सक्रिय रहनु भएको कुरा सर्वविदित छ।
मणिपुरेली नेपाली समाजगत
जागरणको क्षेत्रमा गुरूआमाको नाउँले ख्यातिप्राप्त मन्त्रीपोखरी निवासी दुर्गा शर्माको
महत्वपूर्ण योगदान रहेको छ। सामाजिक कार्यक्रम होस वा साहित्यिक, वहाँले महत्वपूर्ण पद
सम्हालेर प्रत्यक्ष वा परोक्ष रूपमा नेपाली नारीलाई समाजमा अघि बढ़न प्रेरित गर्नु
भएको कुरालाई नकार्न सकिँदैन। उनले सन् 1973 बाट सन् 1980 सम्म मणिपुर नेपाली
महिला संघकी सचिव, 1977बाट 1992 सम्म अखिल भारतीय
नेपाली भाषा समितिकी सचिव र अध्यक्षा, सन् 1980 देखि केही वर्षसम्म
उत्तर पूर्वाञ्चल भारतीय नेपाली संयुक्त मोर्चामा संलग्नता, सन् 2007 देखि 19 मई 2013
सम्म नेपाली साहित्य परिषदकी उपाध्यक्षा
एवं अध्यक्षा जस्ता सम्मानित पदमा रही समाजिक उत्थानमा आफ्नो अमूल्य योगदान दिएकी
छिन्। यसका साथै कक्षा 9,10,11 1 र 12का निम्ति नेपाली विषयको पाठ्य पुस्तक निर्माण कार्यमा
महत्वपूर्ण योगदान दिनु भयेको कुरा पनि बिर्सन सकिँदैन। सन् 2012 देखि यता कक्षा 10
र 12औं बोर्ड परीक्षमा सर्वोच्च अङ्क प्राप्त गर्ने विद्यार्थीलाई रू.1000 र प्रशस्तीपत्र, कक्षा 10 र 12औंको बोर्ड
परीक्षामा प्रथम 25 स्थान ओगट्ने विद्यार्थीहरूलाई प्रत्येक वर्ष रू.1000को
अनुदान पुरस्कार प्रदान गरेर नेपाली विद्यार्थीहरूको मनोबल बढ़ाउनमा ठूलो योगदान दिँदै
आएको कुरा सर्वविदित छ। वर्तमानमा उनि अध्यापन
कार्यबाट अवकाश प्राप्त गरेर मन्त्रीपोखरीमा आफ्नो जीवन बिताइरहेकी छिन्।
समाज सुधारको क्षेत्रमा श्रीमती उमा गौतमको
योगदान बिर्सन सकिँदैन। धार्मिक सङ्गठनसँग संलग्न भएर इराङ सेरउ, पुखाउ, जस्ता सुदूर
क्षेत्रमा कीर्तन भजनको अलख जगाउन होस्, वा अन्य सामाजिक वा सांस्कृतिक कार्यक्रम
होस्, उनको
मणिपुरेली गोर्खाली समाजमा ठूलो योगदान रहेको छ। सन् 1978 बाट उमा गौतमको सामाजिक
यात्रा नेपाली महिला सङ्गठन कालापहाड़बाट नारी जागरणको अभियानको रूपमा शुरू हुन्छ।
विश्व हिन्दू परिषदको अंग बनेर हिन्दू धर्म जागरण अभियान, सांस्कृतिक जागरण अभियान या नारी जागरण
अभियानमा,
यिनले समान्तर रूपमा सक्रिय
भूमिका निभाएको देखिन्छ। उनले गोर्खा वेलफेयर यूनियन मणिपुरको सचिवको रूपमा पनि
केही समयसम्म कार्य गरिन। सूदूर इराङ् क्षेत्रमा मलेरिया पीड़ि़तहरूका निम्ति निशुल्क
चिकित्सा शिविरको आयोजन गर्नु, दूर-दराजका क्षेत्रहरूमा
जननी कल्याण अभियान चलाएर सुरक्षित मातृत्वका लागि शिविर आयोजन गरेर निशुल्क
चिकित्सा शिविरहरू लगाई जनकल्याण गर्नु उमा गौतमको विषेशता हो। यसरी एउटा जागरूक
परिवारकी सदस्या हुनाले श्रीमती उमा गौतम विभिन्न सामाजिक सङ्गठनमा संलग्न हुँदै गएको
दोखिन्छ। नेपाली भाषा आन्दोलन, गोर्खा सुधारक सङ्घ मणिपुर, भारतीय गोर्खा परिसंघ जस्ता संस्थामा रही
सामाजिक उत्थानगत गतिविधिमा श्रीमती गौतमले ठूलो योगदान पुऱ्याएको देखिन्छ। उत्तर
पूर्वाञ्चल वनवासी संस्था हरिकथाकी संरक्षिकाको रूपमा लामो समयबाट संलग्न रहेर
कन्या हरिकथा वाचकहरूको सुरक्षा मातृसरह गर्दै आएको कुरा सर्वविदितै छ। कलाको
क्षेत्रमा पनि उमा गौतमको विषेश योगदान छ। मणिपुरबाट श्री विनोद विष्टद्वारा
निर्मित फिल्म म कसरी भनूँ मा एक्जेक्यूटिव
प्रोड्यूसर र आमाको भूमिका, संग्राम फिल्ममा आमा, प्रेम प्रतीक्षामा फिल्म प्रोड्यूसर र
संवाद लेखिका र आमाको भूमिका निभाएर उनले कुशल सिने अभिनयको परिचय समाजअघि
प्रस्तुत गर्न सफल भइन।
राजनैतिक क्षेत्र – राजनीति क्षेत्रमा नारीको प्रवेशले शासन
व्यवस्था अझ सुदृढ़ बन्दछ। भारतीय राजनीतिमा नारीहरूको भूमिका महत्वपूर्ण छ। राष्ट्रीय
स्तरमा इन्दिरा गान्धी, सोनिया गान्, शुष्मा स्वराज, उमा भारती, वसुंधरा राजे सिन्धिया, वृन्दा कराट, स्मृति इरानी आदिको
भारतीय राजनीतिमा महत्वपूर्ण भूमिका रहेको छ। मणिपुरेली राजनीतिमा नेपाली
नारीहरूको पनि सहभागिता रहेको पाइन्छ। कौब्रुलैखा ग्राम पञ्चायतकी भूतपूर्व प्रधान
श्रीमती चन्द्रिका राया, जिला परिषदको रूपमा विजय हासिल गर्ने श्रीमती कुमारी सेढ़ाईं, अराजकतावादीको हातमा
निर्मम रूपले मारिएकी कालापहाड़ पञ्चायतकी सदस्या मैना
तामाङ्, काङग्लातोंग्बी विजयनगर
पञ्चायत की सदस्या स्वर्गीया सुमति सुब्बा आदि नारीहरूझैं दूर-दराजका क्षेत्र जस्तै
पुखाउ,
सेरौ, इरांग आदिमा पनि राजनैतिक
स्तरमा नारीहरूको सक्रिय सहभागिता देखिन्छ। विभिन्न समस्याहरूको चपेटमा रहेको
मणिपुरेली राजनीतिमा पनि विषम परिस्थितिहरूसँग साहसका साथ डटेर नेपाली नारीले
समाजलाई नेतृत्व गरेको यत्र-तत्र देख्न पाइन्छ र यो हाम्रो लागि एउटा गौरवको विषय
हो। समाजकै लागी पुरुष नेतृत्वको रक्षा गर्दै आतङकवादीको हातमा आफ्नो निर्मम बलि
दिएर समाजलाई बचाउने उदाहरण प्रस्तुत गर्ने मैना तामाङ् मणिपुरकै वीराङ्गना हुन्
भन्दा उनिप्रति श्रद्धाञ्जलिको एउटा पुष्प हुन
सक्छ भन्ने लेखिको विचार छ। तर दुखको कुरा उनको यस महाबलिदानको मणिपुरेली नेपाली
समाजले कति कदर गर्न सक्यो भन्ने प्रश्नको उत्तर हरेक मणिपुरेली नेपाली मुटु भित्र
मौजूद छ। उनको जन्मदिन अथवा मृत्यु दिवस बलिदान दिवसको रूपमा मनाउन सकिन्छ र विविध
कार्यक्रम आयोजित गरी नारी शक्ति जागरणको शङ्खघोष गर्न सकिन्छ।
आर्थिक
क्षेत्र-घर-संसार
पुरूश नारी दुवैको सहभगितामा बस्छ भन्ने उदाहरण मणिपुरेली गोर्खाली समाजमा देख्न
पाइन्छ। परिवारको अर्थ व्यवस्थामा गोर्खाली नारीहरूले ठूलो भूमिका खेलेको देखिन्छ।
गाई-गोठ देखि लिएर खेती पातीमा, मेला-पात, घाँस दाउरा, हाजिरा देखि लिएर शिक्षित
भएमा सरकारी र गैर-सरकारी विभिन्न विभागहरूमा नारीहरू कार्यरत देखिन्छन्।
व्यापारको क्षेत्रमा पनि मणिपुरेली गोर्खाली नारीहरू पतिको भार हल्का गर्न पछिपरेका
देखिँदैन। हप्ते बजारमा पोका बोकेर होस् या पसल या होटलमा अरूका जूठा प्लेट-गिलास
सफा गरेर होस्, यी नारीहरूले स्वाभिमानका साथ घरको आर्थिक स्थितिको सुधारमा
पतिसँग काँध मिलाएर हिँडेको देखिन्छ।
शैक्षिक
स्थिति –
पुरुष शिक्षित भए एक्लै शिक्षित हुन्छ तर नारी शिक्षित भए सम्पूर्ण परिवारनै शिक्षित
हुन्छ भन्ने भनाई छ। विगतमा धेरै लामो समयसम्म मणिपुरेली गोर्खाली नारीहरू अशिक्षित
भएता पनि वर्तमानमा आएर शिक्षाको क्षेत्रमा अघि आएको देखिन्छ। स्नातक स्तरसम्म
धेरै केटीहरू शिक्षित भए पनि उच्च स्तरसम्म औंलामा गनिने मात्र पुगेका देखिन्छन्।
यसले के कुरालाई साबित गर्छ भने अहिलेसम्म पनि मणिपुरेली नेपाली चेलीहरू उच्च स्तरीको
लक्ष्य लिएर शिक्षा क्षेत्रमा ओर्लिएको देखिँदैन। उनिहरूमा आत्मविश्वासको जागरण
हुन आवश्यक ठान्दछु। उच्च शैक्षिक स्तरमा देखापर्ने नारीहरूमा दुर्गा शर्मा, अवकासप्राप्त प्रवक्ता, नेपाली विभाग, डी.एम. कालेज, (हिन्दी-नेपाली साहित्यमा
एम. ए.,
हिन्दी
शिक्षण निष्णात र रेमंड कालेज अफ भुवनेश्वरबाट बीएड) श्रीमती पम्फा बस्नेत विष्ट, शिक्षिका (एम. ए. हिन्दी साहित्य, बीएड), श्रीमती पुष्पा नेपाल
आचार्य, प्रवक्ता, दमदई कालेज एवं
प्रसिडेंसी कालेज (नेपाली साहित्यमा एम.ए.), डा.गोमा देवा शर्मा
अधिकारी,
विभागाध्यक्षा, आर्मी पब्लिक स्कूल
नारंगी,
गुवाहाटी
(हिन्दी एवं नेपाली साहित्यमा एम.ए, बीएड, ‘भारतीय नेपाली साहित्यका
विश्लेषणात्मक इतिहास विषयमा पी.एच.डी.), पूजा खतिवड़ा, प्रसाईबस्ती (एम.ए. अंग्रेजी साहित्य), राधिका बस्नेत पुखउ, (अर्थशास्त्र), निवेदिता अधिकारी, मन्त्रीपोखरी (एम. ए.
अर्थशास्त्र) गीता पौडे़ल, शान्तिपुर (एम.ए. अर्थशास्त्र),शिल्पी नेपाल, मन्त्रीपोखरी
(एम. ए.हिन्दी), प्रशंसा आचार्य, शान्तिपुर (एम.ए अंग्रेजी), लक्ष्मी आचार्य, शान्तिपुर (एम.ए अंग्रेजी), आदि उच्च शैक्षिक क्षेत्रमा देखापरेका नारीहरू हुन्। यस क्रममा
हेर्दा डा.गोमा शर्मा अधिकारी मणिपुरबाट विद्यावारिधि प्राप्त गर्ने प्रथम नेपाली
नारीको रूपमा देखा परेकी छिन्।
साहित्यिक
क्षेत्र – मणिपुरेली गोर्खाली नारीहरूको साहित्य क्षेत्रमा यथेष्ट योगदान छ भन्न सकिँदैन। साँचै भन्नु हो
भने तुलाचन आले रचित मणिपुरको लड़ाईको सवाई (1893) देखि वर्तमानसम्म
मणिपुरेली नेपाली साहित्यको लामो इतिहास भए पनि विभिन्न कारणहरूले गर्दा यो
फस्टाएर गएको देखिँदैन तर हालमा भने उत्साही युवा पीँढ़ीले यस क्षेत्रमा सकारात्मक
योगदान पुऱ्याएका छन् जुन चाहिँ सराहना गर्ने योग्य छ। यस क्षेत्रमा देखा परेका गोर्खाली नारीहरूमा नेपाली भाषा सङ्ग्रामी र कथा सङ्ग्रह यम द्वितीयाकी
रचयिता श्रीमती आशारानी राई दिदी, श्रीमती पुष्पा नेपाल आचार्य, बसन्ती पौडे़ल, सीता क्षेत्री, डा. गोमा देवी शर्मा
अधिकारी, सृष्टि पौडे़ल, सीता पोख्रेल आदिको नाम लिन सकिन्छ।
श्रीमती पुष्पा नेपालले लामो समयसम्म नेपाली साहित्य सेवा सदन र नेपाली साहित्य
परिषद मणिपुरसँग सम्बद्ध रही साहित्य सेवा गरेकी छिन्। यिनका संकल्प तथा नेती
जस्ता पत्रिकाहरूमा केही लेखहरू प्रकाशित भएका छन्।
बसन्तीदेवी पौडेल मणिपुरको नेपाली साहित्यमा देखापरेकी एउटी कुशल
गज़लकार हुन्। उनका