भारतमा गोर्खालीहरू : आगमनको प्रश्न
– डा. गोमा देवी शर्मा
मणिपुर
भारतमा बसोवास गर्ने विभिन्न जातिहरूमध्ये गोर्खाली पनि एउटा विशेष जाति हो। यो जाति विशेष रूपले देहरादून, कुमाउँ, गढ़वाल, सिक्किम, दार्जिलिङ, असाम, मिजोरम, मेघालय, अरुणाचल प्रदेश, नागालैण्ड, मणिपुर आदि प्रान्तहरूमा बसोवास गर्दछ। गोर्खा या नेपाली जाति मूल रूपमा आर्य एवं मड़्गोलियार्इ परिवारका मानिसहरूको मिले–जुलेको रूप हो। मङगोलियार्इ शाखासँग सम्बन्धित रार्इ, मगर, लिम्बु, भोटे, लाप्चे, आदि मूलका बन्धुहरूको आ–आफ्नै अलग भाषा छ। वर्तमानमा यी जातिहरू आफ्नो भाषा साहित्यको उत्थान गर्ने प्रयासमा छन्। तर पनि सबैको सम्पर्क भाषाको रूपमा नेपाली भाषाको प्रयोग गरिन्छ।
नेपाली जाति भन्दा भारतीय मानसिकतामा नेपाल देशका नागरिक हुन भन्ने भ्रम उत्पन्न हुनु स्वाभाविक हो। यसै भ्रमले गर्दा समय–समयमा यस जातिमाथि ‘विदेशी’को आरोप लगाएर प्रताड़ित गर्ने घटनाहरू पनि सामु आउने गर्छन्। भारतीय नेपालीहरूले नेपालबाट भारतमा पलायन गरेका र यी मूल रूपमा नेपालका नागरिक हुन भन्ने मानसिकता छ। भारतीय नेपालीहरूको सम्बन्ध नेपाल सड़्ग थियो भन्ने कुरा साँचो हो। तर यो जाति कसरी यत्रो ठूलो सड़्ख्यामा भारतमा प्रवेश गरर्यो भन्ने कुरा प्रति इतिहासमा यथेष्ट प्रमाणहरू प्राप्त छन्।
भारत–नेपाल बीच पुरानु सम्बन्ध छ। प्राचीन काल देखिनै दुवै देशमा दुवै देशका नागरिकहरूको आवागमन भइनै रहेको कुरा इतिहासले जनाउँछ। भारतमा मुसलमानहरूको आक्रमणले त्रस्त भएर असड़्ख्य भारतीयहरूले नेपालमा शरण लिएको प्रमाण पनिअइतिहासमा पाइन्छ। नेपालको इतिहासमा विशेष स्थान भएका लिच्छवी वंशी, शाहवंशी आदि राजाहरूको सम्बन्ध भारतसँग थियो। यि लामो अवधि सम्म नेपालमा शासन गरे। नारायण श्रीमान अनुसार – Shah dynasty which continue
to rule Nepal to this day was migrated from Chittor in Mewar in Indian state.1
(नेपालमा
दीर्घ समयसम्म राज गर्ने
शाहवंशी राजाहरू भारतीय राज्य
मेवाड़ अन्तर्गत चित्तौड़बाट
जानेहरू थिये।)
मुसलमानहरूको आक्रमणले गर्दा एघारौं देखि लिएर सोह्रौं शताब्दिसम्म भारतबाट ठूलो सड़्ख्यामा मानिसहरूको पलायन नेपालमा भयो। यिनीहरूको मूल उद्देश्य हिन्दू धर्मलार्इ इस्लामबाट बचाउनु थियो। यसका साथै अत्याचारहरूबाट बाँच्नका लागी उनिहरूलार्इ कुनै सुरक्षित ठाउँ चाहिएको थियो। नेपालको इतिहासमा विशेष स्थान प्राप्त गोर्खा राजाहरू भारतबाट नेपाल पलायन गर्नेहरूमध्ये थिए। यस सम्बन्धमा निम्न पङक्तिहरू द्रष्टव्य छन्–Gorkhas were one of those dynastyic rulers migrated from India
which existed in Nepal and the modern Nepal was created by them, because it was
only during Prithvirnarayan Shah’s regime that present Nepal was unified. The
ancesters of the Gorkha People were Indian immigrants’ mostly royal famillies
from Rajputana and their numerous followers who fled their country India during
medieval peroid to escape muslim domination. 2
(गोर्खाहरू भारतबाट नेपाल पलायन गर्ने राजवंशीहरू हुन जसले आधुनिक नेपालको निर्माण गरेका थिए। राजा पृथ्वीनारायण शाहले ससाना राज्यमा फुटेको नेपाललार्इ एकीकृत गरेर एउटा सिड़्गो नेपाल राष्ट्रको निर्माण गरे। गोर्खाहरूको सम्बन्ध राजपूताना परिवारसँग सम्बन्धित थिए जो आफ्ना धेरै अनुयायीहरूसँगै मुसलमानहरूको दबावबाट बाँच्नका लागी नेपालमा शरण लिन पुगे।)
राजघरानसँग सम्बन्धित हुनाले यिनीहरू शासन–व्यवस्थामा सिद्धहस्त थिए यसैले नेपाल पलायन गरेपछि पनि यिनका सन्तानहरूले आफ्नो शासन सम्बन्धी दक्षताको क्रमलार्इ जारी राख्दै नेपाल एकीकरणको अभियान चलाये।
प्राचीनकाल देखिनै भारत–नेपाल बीचमा प्रगाढ़ सम्बन्ध थियो भन्ने कुरालार्इ गुप्तकाल, लिच्छवीकाल, मध्यकाल, शाहकालले पुष्टि गर्दछन्। यसलार्इ अझ प्रगाढ़ बनाउनमा हिन्दू धर्मको पनि विशेष भूमिका रहेको छ।
भारतमा गोर्खालीहरूको आगमन को मूलमा निम्न कारणहरू रहेका छन् –
क. सुगौली सन्धि
ख. सिक्ख फौज/ मुगल फौज
ग. गोर्खा फौज
घ. राजघरानाहरूको बीचमा वैवाहिक सम्बन्ध
च. धार्मिक कारण
छ. शैक्षिक और आर्थिक कारण
ज. आजाद हिन्द फौज
झ. कला और साहित्य
सुगौली सन्धि
नेपालमा खस राजाहरूको पतन भए पछि विशाल सेन्जा राज्य 46 राज्यहरूमा विघटित हुन पुग्छ। गोर्खा राजा पृथ्वी नारायणले खण्डित राज्यहरूलार्इ एकीकृत गरेर एउटा विशाल नेपाल राज्य खड़ा गरे। जब भारतमा अड़्ग्रेजी शासनका जरा मजबुत हुँदै थिए, तब नेपाल अधिराज्यको सीमाविस्तारको कार्य तेजीसँग अघि बढ़दै थियो। इतिहासमा उल्लेख गरिएको छ – During the British rule in
India it emerged as the powerful
Himalayan State, extending from the river Satlej in the west and Tista in the
East.
3
(भारतमा अड़्ग्रेजी शासन स्थापित भइसकेको बेला नेपाल एउटा शक्तिशाली राज्यको रूपमा देखा पऱ्यो। यसको सीमा पश्चिममा सतलज तथा पूर्वमा तिस्ता नदी सम्म फैलिएको थियो)।
नेपालका तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको नेतृत्वमा गोर्खा वीरहरूले धेरै उत्तर भारतीय राज्यहरूमाथि विजय हासिल गरेर आफ्नो राज्यको विस्तार गरे। यसरी गोर्खाहरूको पराक्रम दिनदिनै बढ़न लाग्यो। यता भारतमा अड़्ग्रेजी शासन
कायम भइसकेको थियो। गोर्खा
वीरहरूको पराक्रम देखेर उनिहरूको
मुटु थर्कायमान भयो।
अड़्ग्रेजहरूले उनिहरूको
यस विजयगामी अभियानलार्इ
रोक्ने कुनैतिक उद्देश्यले नेपालसड़्ग
सीमाविवाद शुरू गरे। यसैलार्इ
लिएर भारतका तत्कालीन गवर्नर
जनरल लार्ड माइराले 1 नवम्बर
1814को
दिन नेपाल विरुद्ध युद्धको
घोषणा गरे भन्ने प्रमाण
इतिहासमा पाइन्छ – Lord Moira, the then governer General of
British India declared war on Nepal on
Nov.1,1814.4 अड़्ग्रेजहरूसँग गोर्खा
वीरहरू एक वर्षसम्म डटी
रहे, तर आधुनिक हथियार
सम्पन्न दुश्मनका अघि
गोर्खाली बाहुबलले घुँड़ा
टेक्न विवश हुनु पऱ्यो
र सुगौली सन्धि
सड़्ग (2 दिसम्बर सन् 1815) यस
सड़्घर्षको अन्त भयो।
सुगौली
सन्धि अन्तर्गत नेपालले
निम्न बृहतभूभाग र्इस्ट
इण्डिया कम्पनीलार्इ दण्ड
स्वरूप सुम्पिनु पऱ्यो–
i.
The whole low lands between the river Kali and Rapti.
ii.
The whole of the low land lying between the Rapti and the Gunduk rivers.
iii.
The whole of low land between the
Gundak snd coshi.
iv.
All the low lands between
the river Metchee and Tista.
v.
All the territories within the hills eastward of the river Metchi,
including the forts
and lands of Nagree and the pass of
Nagarcote leading from Morung into the hills,
together with the territory lying
between that Pass and Nagree. 5
( क. काली र राप्ती नदी मध्ये स्थित तरार्इ भू–भाग,
ख. राप्ती र गण्डकी नदी मध्ये स्थित तरार्इ भू–भाग,
ग. गण्डकी र कोशी नदीको बीचमा स्थित मैदानी इलाका,
घ. मेची र तिस्टा नदीको बीचमा पर्ने सम्पूर्ण तरार्इ क्षेत्र,
ड़. मेची नदीको पूर्वमा स्थित किला समेतको सम्पूर्ण पहाड़ी क्षेत्र,
र नगरकोटको मोरड़् पहाड़ी तिर जाने दर्रा र नाग्रीको बीचमा पर्ने भूमि साथै दर्रा र नाग्रीको बीचमा स्थित सम्पूर्ण भूखण्ड लगायत)।
सन्धिपत्रमा हस्ताक्षर भएका दिन (2 दिसम्बर 1815) देखि लिएर चालीस दिन भित्रमा उपरोक्त भूखण्डबाट नेपाली फौजलार्इ खाली गर्ने आदेश दिइयो।
सुगौली सन्धि अन्तर्गत नेपाल राज्य को वृहत् भू–भाग अड़्ग्रेज शासित भारतको हिस्सा बन्न पुग्यो। यस ऐतिहासिक तथ्यबाट यो किटान गर्न सकिन्छ कि यस वृहत् भूखण्डमा बसोवास गर्ने नेपाली जनता भारतीय जनता बन्न पुगे। यसैले आज यी क्षेत्रहरूमा नेपाली भाषी जनता लाखलाख सड़ख्यामा आफ्नो जीवन यापन गर्दै आएका छन्। आज यिनीहरूका सन्तान भारतका विभिन्न हिस्साहरूमा फैलिएका छन्।
सिक्ख फौज/मुगल फौज
सुगौली सन्धिले तीव्र गतिमा विजय–पथगामी नेपाली वीरतालार्इ अचानक चकनाचूर पारी दियो। मातृभूमि को विघटनको चोट सहन न सकेर सेनालार्इ कुशल नेतृत्व दिने अमरसिंह थापा जस्ता बीरले विषपान गर्नु पऱ्यो। नेता विहीन नेपाली हजारौं नेपाली फौजले अड़ग्रेजसँग बदला लिने उद्देश्यले तत्कालीन पञ्जाबका शेर भनेर चिनिने राजा रणजींत सिंहको सिक्ख सेनामा शरण लिन पुगे। यि गोर्खाली वीरहरू सिक्ख सेनाको तर्फबाट अड़्ग्रेज हरूसड़्ग लड़ी रहे। कालान्तरमा यिनीहरूको वासको व्यवस्था राजाद्वारा लाहौर मै मिलाइदिएपछि यिनीहरू आफ्ना परिवार साथै भारतमा स्थायी रूपले बस्न लागे। लामो समयसम्म लाहौरमा बस्नाले यिनीहरूलार्इ लाहौरे या लाहुरे भनिन लाग्यो। भारतीय सेनामा कार्यरत सिपाहीहरूलाई भारत लगायत नेपालमा आज पनि लाहुरेको नामले सम्बोधित गरिन्छ।
यसरीनै केही सड़्ख्यामा नेपाली जवानहरू मुगल सेनामा पनि कार्यरत थिये भन्ने तथ्य इतिहासमा पाइन्छ। मुगललैण्ड वा मुगल देशलाई नेपाली जिब्रोले मुड़्लान भन्दछ। मुड़्लानमा कार्यरत हुनाले यिनीहरूलाई मुड़्लाने भनिन थाल्यो। यो शब्द आज पनि यदाकदा नेपालका नेपालीहरूले भारतीय नेपालीहरूका लागि प्रयोग गरेको सुनिन्छ।
गोर्खा फौज
भारत नेपाल युद्ध (1814-1815)मा अड़्ग्रेजले गोर्खा वीरहरूको पराक्रम वा शौर्यलाई देखिसकेका थिये। यिनीहरूलाई स्वतन्त्र छाड्नु कम्पनी सरकारका लागी खतरा थियो, यसैले सन्धिसूत्र अन्तर्गत अङग्रेजहरूले ठूलो सड़्ख्यामा गोर्खा वीरहरूलाई अड़्ग्रेजी सेनामा भर्ती गरेर गोर्खा फौजको स्थापना गरे। दोस्रो विश्व युद्धसम्म यिनको सड़्ख्यामा धेरै वृद्धि भएको कुरा इतिहासले जनाउँछ–The number of Gorkha Soldiers serving in India grew to over
1,20,000 during both the world wars. 6
(दुवै विश्वयुद्ध सम्म गोर्खा फौजमा गोर्खा जवानहरूको सड़्ख्या 1,20,000 भन्दा पनि बढ़ी थियो)।
आज पनि गोर्खा फौजका धेरै रेजिमेन्ट्सहरू भारत देशको सेवामा कार्यरत छन्। गोर्खा फौजको माध्यमबाट पनि भारतका विभिन्न प्रान्तहरूमा नेपालीहरूको वसोवास प्रारम्भ भयो। यसका साथै असम लाइट इंफैन्ट्री अन्तर्गत पनि धेरै गोर्खाहरूको भर्ति गराइयो जसको स्थापना कटकमा सन्1871 मा भएको थियो। यस तथ्यको पुष्टि गर्दै पुरुषोत्तम भण्डारी भन्नु हुन्छ –There are many Gorkhas
settled in almost all the part of India …the permanent settlement of Nepalese in the North Eastern Region also
began after the The Treaty of Sugaulee. A large numbers of Gorkhas were
recruited in the Assam Light Infantry, which was formed in Cuttack in 1871.7
(भारतका
प्रायजसो सबै राज्यहरूमा गोर्खा जाति जीवन–यापन
गर्दछ भन्नुमा कुनै आपत्ति
छैन। पूर्वोत्तर राज्यहरूमा
यो जाति सुगौली सन्धिपछि
स्थायी रूपमा बसोवास गर्न
लाग्यो। गोर्खा फौजसँगै ठूलो सड़्ख्यामा
गोर्खा जवानहरूको असम
लाइट इन्फैन्ट्रीमा भर्ति
गरियो जस्को स्थापना सन्
1871 मा
कटकमा भएको थियो)।
यस अन्तर्गत पूर्वोत्तर
भारतमा यिनीहरूको नियुक्ति
गरियो। अवकाशप्राप्त गरे
पछि यस्ता सैनिकहरूलार्इ सम्बन्धित
क्षेत्रहरूमा बसोवास गर्ने सुविधा
प्रदान गरियो। यसरी यस्ता जवान
र यिनका परिवर पूर्वोत्तर
क्षेत्रका नागरिक बन्न पुगे।
राज घरानमाझ वैवाहिक सम्बन्ध
नेपाल नरेश जयदेव मल्ल (तेरौं सदी) तथा कामरूप (असम)का राजा हर्ष देवकी पुत्री राज्यमति, कोचवंशी राजा विश्वसिंह तथा नेपालकी राजकन्या रत्नकान्ति, मल्लकालीन राजा प्रताप मल्ल (17औं सदी) र कोच राजकन्या रूपमति (असम) 8 मणिपुरका राजा बुधचन्द्र र नेपालकी राजकन्या ईश्वरी देवी (18 जून 1941) आदिको वैवाहिक सम्बन्धले यी क्षेत्रहरूमा नेपालीहरूको आगमनको मार्ग खोलिदियो। राजकुमारीहरूसँग उनको सेवा सुश्रुषा गर्नेहरू, परामर्शदाता तथा रक्षा सेना आएका कारणले ठूलो सड़्ख्यामा नेपालीहरूको आगमन यी क्षेत्रहरूमा भयो। उनिहरूको वसोवासको सुविधा तत्कालीन राजाहरूले यतै मिलाइदिएको हुनाले त्यहाँ यौटा नेपाली समाजको जन्म भयो। आज पूर्वोत्तर भारतमा बस्ने नेपाली जनतामा केही यिनीहरूका सन्तान हुन्।
धार्मिक कारण
भारत र नेपाल प्राचीन कालदेखिनै हिन्दू धर्मका केन्द्रस्थल रहेका छन्। दुवै देशका विभिन्न तीर्थस्थानहरूमा भगवानको दर्शन गर्नका लागी भक्तहरूको आवागमन हुने क्रम प्राचीनकाल देखि लिएर आज सम्म पनि चलिआएको छ। बनारस प्राचीनकाल देखिनै हिन्दू धर्मको केन्द्रस्थल रहेको छ। आफ्नो जीवनको उत्तरार्द्धमा सन्यास जीवन बिताउनका लागि काशीवास गर्ने परम्परा पनि प्राचीन कालदेखिनै चली आएको छ। यस परम्परा अन्तर्गत नेपालबाट धेरै श्रद्धालुहरू काशी आउने गर्दथे र यो परम्परा आज पनि जारी छ। काशीवासगर्न आउने भक्तहरूले आफूसँग आफ्नो धर्म, भाषा र संस्कृति पनि लिएर आए। यसरी बनारसमा एउटा नेपाली समाजको उदय भयो।
शैक्षिक कारण
प्राचीन कालदेखिनै भारत विश्व भरिकै शिक्षाको केन्द्र थियो। नालन्दा र तक्षशिला जस्ता विश्वविद्यालयहरूमा शिक्षा ग्रहण गर्नकालागी विश्वका कुनकुनाबाट विद्यार्थिहरू आउने गर्दथे। बनारस पनि प्राचीनकालमा संस्कृत शिक्षाको केन्द्र थियो। शिक्षार्जनका लागि ठूलो सड़्ख्यामा नेपाली विद्यार्थिहरूको आगमन बनारसमा प्रत्येक वर्ष हुने गर्दथ्यो। 19औं शताब्दिको मध्य तिर नेपालमा जड़्गबहादुर राणाको उदय हुनका साथै नेपाली जनताले आफ्नो सम्पूर्ण स्वतन्त्रता गुमाउनु पर्यो। अभिव्यक्तिको स्वतन्त्रता न हुनाले साहित्यकारहरूले बनारस तर्फ पलायन गरे। इतिहासमा भनिएको छ – यिनीहरू मध्ये कति नेपालमा सन् 1950 मा राणा शासनको अन्त अनि श्री पाँचको सरकार सत्तामा आए पछि नेपाल फर्केर गए र कति यतै बसोवास गर्न थाले। 9
यसरी शिक्षा र साहित्यको कारणले बनारसमा एउटा सुसंस्कृत नेपाली समाजको उदय भयो। आज ठूलो मात्रामा नेपालीहरू बनारसमा जीवन यापन गर्दै आएका छन्।
आर्थिक कारण
भारत–नेपाल माझ खुला सीमा हुनाले आवागमनको कार्य सजिलै सड़्ग हुने गर्दथ्यो। नेपालको तराइ वा दुर्गम पहाड़मा बस्ने नेपालीहरूले जीविकाको तलाशमा भारत प्रवेश गरे। सन् 1835 मा सिक्किमको हिस्सा दार्जिलिड़ कम्पनी सरकारको हिस्सा बन्न पुग्यो। अनुकूल हावापानी हुँदा यस प्रान्तमा कम्पनी सरकारले व्यापक रूपमा चियाको खेती शुरु गर्यो। चिया–बगानमा काम गर्नका लागि नेपालबाट सरकार सड़्ग करार गरेर धेरै नेपाली मजदूरहरू ल्याइए। यसरी ठूलो सड़्ख्यामा नेपाली नागरिकहरू जीविकोपार्जन कालागी भारत आए। चिया–बगानमा आयस्ता कम हुनाले गर्दा कतिपयले गो–पालन गर्न शुरु गरे। यसरी विभिन्न भारतीय प्रान्तमा नेपालीहरूले मजदूरी सड़्गै दूधदहीले परिपूर्ण पारे। लीलबहादुर क्षत्री अनुसार–नेपालीहरूले भारतमा मजदूरी मात्रै गरेनन, भारतका विभिन्न प्रान्तहरूलार्इ गौपालनद्वारा दूधदहीले परिपूर्ण गराए। 10
आज पनि धेरै नेपाली परिवारहरूले गो–पालनको माध्यमबाट जीविकोपार्जन गरेको देखिन्छ। यसरी चिया–बगानमा काम गर्ने उद्देश्यले ल्याइएका मजदूरहरूको वसोवासको प्रबन्ध कम्पनी सरकार द्वारा मिलाइदिएको हुँदा दार्जिलिङ प्रान्तमा नेपाली समाजको उदय हुनका साथै यी नेपालीहरू भारतका नागरिक बन्न पुगे।
आजाद हिन्द फौज
गोर्खालीहरू भारतका नागरिक बन्नुपछिको अर्को मुख्य कारण कारण आजाद हिन्द फौज पनि हो। अङ्ग्रेज शासित भारतका दस गोर्खा रेजिमेन्ट्सहरू विश्वका अनेक देशहरूमा कार्यरत थिए। घनश्याम आचार्यको भनाइअनुसार – During the Second World War many Gorkha Regiments cut off from their Officers by the
Japanese, immedietly after the capture of Singapore. Both the Indian and the
Gorkha Soldiers captured at Singapore about 45,000…were joined the Indian
National Army founded by Subhas Chandra Bose. Many Gorkha prisioners of War
joined the Indian National Army. 11
द्वितीय विश्व युद्धमा यी सैनिकहरूले अड़्ग्रेजको पक्षबाट ‘एक्सीस’ शक्तिको विरूद्ध लड़ार्इ लड़े। भीषण युद्ध तथा सञ्चार व्यवस्था ठप्प भएकाले आफ्ना अफसरहरूसँग यिनीहरूको सम्पर्क विच्छेद भयो। परिणामस्वरूप यिनीहरूलाई सिड़्गापुरमा युद्धबन्दी बनाइए। यसमा भारतीय एवं गोर्खा सैनिकहरूको सड़्ख्या लगभग 45,000 थियो… यिनीहरू सुभाषचन्द्र बोसद्वारा सञ्चालन गरिएको आजाद हिन्द फौजमा शामेल हुन पुगे।
यस्ता सैनिकहरूलाई बन्दीको रूपमा अलग–अलग कैम्पहरूमा राखियो। अड़्ग्रेजको पक्षमा लड़दा लड़दै यी सैनिकहरूको हृदय ग्लानिले भरियो, त्यसैले उनिहरूको आधिपत्यबाट बाहिर निस्किने मौका हेरिरहेका थिये। यै बेला सिड़्गापुरमा सुभाषचन्द्र बोसले आजाद हिन्द फौजको नेतृत्व सम्भाले। सुभाषचन्द्र बोसको विचारधाराबाट यी सैनिकहरू प्रभावित भए। सन् 1942मा सबै युद्ध बन्दी सैनिक आजाद हिन्द फौजमा सामेल भए। तीन गोर्खा रार्इफल्स, 2/1, 2/2, र 2/9 का सैनिकहरू आजाद हिन्द फौजमा शामेल भए। जापानिहरूको सहायताले फौजले सन् 1945 मा म्यानमार हुँदै मणिपुर प्रवेश गरेर मोइराङ आफ्नो झण्डा फहराये। उनको उद्देश्य अड़्ग्रेजहरूसँग लड़ेर लिनु र भारतलार्इ आजाद गर्नु थियो। लगातार भइरहेको मुशलधारे झरी, सञ्चार व्यवस्था ठप्प हुनु, अंग्रेजसँग सड़्घर्ष र नेताजी रहस्यात्मक तरीकाले गायब हुनाले आजाद हिन्द फौज छिन्न–भिन्न भयो। तर यसले आफ्नो छोटो इतिहासमा ठूलो कार्य गर्न सफल भयो र यस सफलता
पछि नेपाली जवानहरूको ठूलो भूमिका रहेको छ। आजाद हिन्द फौजमा कार्यरत असड़्ख्य गोर्खा वीरहरूले देशका लागि आफ्नो बलिदान दिए। निरञ्जन सिंह क्षेत्री
श्यामबहादुर थापा, मेजर दुर्गा मल्ल, कप्तान दलबहादुर थापा, बालिका इन्द्रेणी थापा, सावित्री थापा, सुखमान गुरुड़, नरबहादुर गु़रुड़ आदि शहीदहरूको बलिदानप्रति आज पनि भारतले न्याय गरेको छैन। यिनको बलिदानको इतिहास आजपनि ओझल छ तर पनि आजाद हिन्द फौजको माध्यमबाट भारतीय नागरिक बन्न पुगेका नेपालीहरूको माध्यमबाट भारतभूमिमा नेपाली समाजको उदय भएको कुरा कसैले नकार्न सक्दैन।
कला एवं
साहित्य
नेपालीहरूको भारत आगमनका मूल कारणहरूमा कला र साहित्य पनि एउटा कारण हो। नेपालमा राणा शासन को अभ्युदय (सन् 1846) का
साथै जनताले आफ्नु स्वतन्त्रता गुमाउनु पऱ्यो। यस कालमा रचनाकारहरूलार्इ अभिव्यक्तिको अधिकारबाट वन्चित गरियो। आज्ञाको अवमानना गर्नेहरूलाई कारावासको कठोर दण्ड दिइन्थ्यो भन्ने कुरा इतिहासले जनाउँछ। यस दशामा धेरै नेपाली लेखकहरू नेपालबाट पलायन गरेर भारत आए। मोतीराम भट्ट, होमनाथ खतिवड़ा, पहलमान सिंह स्वाँर, ऋषिकेश उपाध्याय, काशीनाथ आ. दी. आदि यस्ता रचनाकार हुन्। यस्ता रचनाकारहरूले बनारसमा बसेर नेपाली साहित्यको विकास गरे।
कला–क्षेत्रले पनि नेपालीहरूलाई भारत भूमितिर आकर्षित न गरेको होइन। गीत रिकर्डिंग, सड़्गीत व्यवस्था एवं उच्च तकनीक युक्त स्टूडियोहरूको कमीले गर्दा हर साल कलाप्रिय मानिसहरू मुम्बई आउने गर्छन्। यसरी मुम्बई नेपालीहरूको एउटा कोलोनी बस्यो। वालीवुड फिल्म जगतदेखि आकर्षित भएर कतिपय कलाकार, अभिनेता, अभिनेत्रीहरू आफ्नो भाग्य खोज्न मुम्बई फिल्म नगरीमा पुग्दछन्। कला एवं अभिनय क्षेत्रमा सफल अभिनेत्रीको रूपमा मनिषा कोइराला र सड़्गीतको क्षेत्रमा उदित नारायण झा, पूर्णिमा आदिको उदाहरण लिन सकिन्छ। यसका साथै शास्त्रीय सड़्गीत एवं नृत्यको शिक्षा लिन पनि धेरै उत्साही युवाहरू भारत आउने गर्छन् र उचित वातावरण पाउँदा यतै बस्ने गर्दछन्। यसरी साहित्य एवं कलाको माध्यमबाट पनि नेपालीहरूको आगमन भारतमा भयो। यो लेखले तपाइँको मनपर्ने उल्लेख गर्दछ hats सुपर कम मूल्यहरु मा। उही-दिन डेलिभरी, ड्राइभ-अप डेलिभरी वा अर्डर पिकअपबाट छनौट गर्नुहोस्।
सन्दर्भ:
1.
Narayan Shriman – India and
Nepal, An exercise in open diplomacy, Popular Prakashan Bombay,page-10
2. Kanchanmoy Majumdar – Political relations, between India and Nepal
(1877-1923), Munshiram Manoharlal
Publishers Pvt. Ltd. New Delhi page- 14
3. चितरन्जन नेपाली – जनरल भीमसेन थापा र तत्कालीन नेपाल, पृृ.1,2
4. K.C. Chowdary – Anglo Nepalese relations, Calcutta, page-63
5. Text of Treaty of Sogouli, 2nd Dec,1815 – foreign affairs report
6. Ghanashyam Nepal-The Gorkhas of Manipur page-4
7. Purushottam Bhandari-Freedom Movement and role of Indian Nepalese,
page 9
8. लील बहादुर क्षत्री – पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन, पृ.17
9. प्रो.ढुण्डिराज भण्डारी – नेपालको
ऐतिहासिक विवेचना, पृ. 327
10. लील बहादुर क्षत्री – पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन, पृ.17
11. Ghanashyam Acharya-The Gorkhas of Manipur,page-16